बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

काठमाडौं प्रवेश गर्नु अघि अनिवार्य स्वास्थ्य जांच गर्नुपर्ने

काठमाडौं प्रवेश गर्नु अघि अनिवार्य स्वास्थ्य जांच गर्नुपर्ने

images
  • 297
    SHARES

  • images
    images
    images
    काठमाडौं प्रवेश गर्नु अघि अनिवार्य स्वास्थ्य जांच गर्नुपर्ने
    images
    images
    images

    चैत २३,काठमाडौं।काठमाडौं जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समितिकोले पछिल्लो समय कोरोना बढ्दै गएपछि काठमाडौं प्रवेश गर्ने नाकामा कडाइ गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    बैठकले काठमाडौं प्रवेश गर्ने नाकाहरुमा कडाइ गर्दै सम्बन्धित नगरपालिकाहरुले स्वास्थ्य जाँच गर्ने र एन्टिजेन टेस्ट गर्न हेल्प डेस्कको व्यवस्था मिलाउने निर्णय गरेको छ । एन्टिेजन टेष्ट गर्दा नतिजा नेगेटिभ आए र व्यक्तिमा लक्षण देखिएमा तीन व्यक्तिहरुलाई पिसिआर परीक्षण गर्न पठाउने पनि निर्णय भएको छ । त्यस्तै, यसअघि अस्तित्वमा रहेका आईसोलेशन र क्वारेन्टिन सेन्टरलाई अद्यावधिक राख्ने पनि निर्णय भएको छ ।

    images
    images
    images

    पछिल्लो २४ घन्टामा थप २६६ जनामा कोरोना पुष्टि भएको छ। ४५ सय३६ नमूनाको पीसीआर परीक्षणमा २६६ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ।

    यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १०२ जनाले स्वास्थ्य लाभ गरेका छन्। यो सहित कोरोनाबाट मुक्त हुनेको संख्या २ लाख ७३ हजार ३४२ पुगेको छ। यस्तै पल्लो २४ घन्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ। मन्त्रालयका अनुसार हाल ६४ जना क्वारेन्टाइन र १८ सय ३२ जना आइसोलेनमा छन्।

    पछिल्लो समय भारतमा कोरोनाको दर बढेको र त्यसको जोखिम नेपालमा पनि रहेको औल्याउँदै सीमानाकामा स्वास्थ्य जाँच कडा पार्न लागिएको हो। मन्त्रालयका अनुसार हालसम्म विभिन्न छ वटा नाकामा डेल्थ डेस्क राखिएको छ। पछिल्लो समय कंचनपुर नाकाबाट नेपाल आएका १८० जनामा कोरोना पोजिटिभ देखिएको छ।

    भारतका आएका ४ हजार ४४५ जनाको कोरोना परीक्षण गरिएको थियो। पछिल्लो २४ घन्टामा मात्रै भारतबाट आएका ९ सय ७२ जनाको कोरोना जाँच गराउँदा ३७ जनामा पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।रासस 

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, चैत्र २३ २०७७०८:३९:०३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij