चैत २७ ,देवदह।देवदह नगरपालिकाको वडा नम्बर ७ मा एक हप्ते महिला उद्घोषण तालिम सुरु भएको छ। देवदह नगरपालिका वडा नम्बर ७ को आयोजनामा महिलाहरुको लागि १ हप्ते उद्घोषण तालिम सुरु भएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवदह नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पदम थापाले महिलाहरुको बोली र व्यक्तित्व विकासका लागि उद्घोषण तालिम आयोजना गरिएको बताउनुभयो। महिलाहरु अब चुल्हो चौकोमा मात्रै सिमित हुन नहुने र नेतृत्वको लागि तयार रहनुपर्ने उहाको भनाई थियो।
तालिम मा देवदह ७ को ३० जना महिलाहरुको सहभागीता रहने र लक्ष्मण न्यौपानेले प्रशिक्षण दिने बताइएको छ।कार्यक्रममा वडा नम्बर ७ का वडा सचिव मित्र बहादुर थापाले महिलाहरु अब उत्पीडनमा पर्न नहुने र अन्याय र अत्याचारमा पर्दा आवाज उठाउन सक्ने हुनुपर्ने बताउनुभयो।

उद्घाटन कार्यक्रम देवदह नगरपालिका वडा नम्बर ७ का महिला वडा सदस्य सिता देवी विकको अध्यक्षता ,बोर्ड सदस्य बन्धु कुमालको स्वागत र सरस्वती पोखरेलको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij