चैत ३०,काठमाडाैं। नेपालमा पछिल्लो २४ घण्टामा ४९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १०५ जनामा गरिएको पीसीआर परीक्षणमा ४९६ जनामा पुष्टि भएकाे हाे।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा थप १३८ जना संक्रमणमुक्त भएका छन्। याेसँगै संक्रमणमुक्त हुनेकाे संख्या २ लाख ७४ हजार १६५ पुगेकाे छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १३ जनाकाे मृत्यु भएकाे छ। याेसँगै मृतककाे संख्या ३ हजार ५३ पुगेकाे छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij