देवदह २ बैशाख। देवदह नगरपालिकाले १ महिना देखि फोहोर व्यवस्थापन नगरेको भन्दै सर्वसाधारणले गुनासो गर्न थालेका छन्। १ महिना पहिला हप्तामा १ पटक फोहोर व्यवस्थापनका लागि नगरपालिकाको गाडी आउने गरेको र पछिल्लो १ महिना देखि नगरपालिकाले फोहोर व्यवस्थापन नगर्दा प्रदूषण बढेको स्थानीयको गुनासो छ।
देवदह ७ शितलनगर,देवदह ४ ,देवदह ९ र १० भलुही ,देवदह ३ सेमरहनामा १ महिना देखि फोहोर उठ्न सकेको छैन।
नगरपालिकाले भने केहि समय फोहोर उठाउने कार्य रोकिए पनि अहिले सुचारु भएको दावी गरेको छ। फोहोर व्यवस्थापन गर्ने दम्पिंग साइटमा डढेलो लागेको कारण केहि हप्ता फोहोर संकलन गर्ने कार्य सामुदायिक वन समितिको निर्देशनमा रोकिएको देवदह नगर्पलिकक्का एक जना कर्मचारीले गुराँस अनलाईन संगको कुराकानीमा बताउनुभयो।
अब केहि दिन भित्रै रोकिएको सबै ठाउको फोहोर संकलन गरि व्यवस्थापन गरिने उहाकों भनाइ थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij