बैशाख ५ ,देवदह।पाल्पाको माथागढी गाउँपालिका अन्तर्गत वार्ड नं -७,ओखरिगौडाका आगलागी पीडित दान बहादुर लम्काहा मगर र अस बहादुर लम्काहा मगरलाई मगर संसार(magar sansar) photo gallery ग्रुपको पहलमा संकलन गरेको रू.९५,१००( पन्चानब्बे हजार एक सय) रुपैया रकम हस्तान्तरण गरिएको छ ।

उक्त आर्थिक रकम एक कार्यक्रमका बिच मगर संसार ग्रुपका सक्रिय एडमीनहरु अमिर थापा मगर र अजिशा मगर्नी(निर्मला) द्वारा पाल्पा पुगी सहयोग रकम हस्तान्तरण गरिएको हो । आगलागी भएको २ दिन पछि मगर संसारले आगलागी पीडित दान बहादुर लम्काहा मगरलाई सहयोग गर्न अपिल गरेको थियो । विभिन्न सहयोगी मगरहरुले सहयोग गरेको थियो ।
सहयोग गर्ने सहयोगी र साथ स्पोर्ट गर्नुहुने सम्पूर्ण मेम्बर प्रति धन्यवाद दिदै मगर संसारका संयोजक अध्यक्ष अनिल लामिछाने मगरले ग्रुपको माध्यम बाट ६१ जनालाई सहयोग गरी सकेको जानकारी हामीलाई दिनु भएकोछ।
चैत १४ गते शनिबार दिउँसो घरमा ठुला ब्यक्तिहरु नभयको बेलामा साना - साना बाबुनानिहरुले खेल्ने क्रममा आगलागी भयको थियो । दिउँसो करिब ४:४५ बजे लागेको आगोले दान बहादुर लम्काहा मगर को घर र गोठ सङगै अस बहादुर लम्काहा मगरको २ ओटा गोठ जलेर नस्ट भयको थियो । त्यस्तै घरमा भयका सामानहरु ७ मुरि धान, ३ कट्टा चामल, कोदो ४ मुरि र नगद ८/ १० हजार, दराज र दराज भित्रका सामानहरु ब्ल्याङ्केट भाडाकुडाहरु र ८ ओटा बाख्राहरु जलेर नस्ट भयको थियोे ।

उक्त आगलागी पीडितलाई मगर लाफा ग्रुपले सहयोग रकम हस्तांतरण गरेको बेला मगर संसार पनि सँगै हस्तांतरण गरेको हो।

🌺🌺मगर संसार मार्फत सहयोग गर्नुहुने सहयोगी दाताहरुको नामावली निम्न छन:-🌺🌺
✅१) रीता पुलामी मगर - स्याङजा हाल अस्ट्रेलिया रू.५,०००/-
✅२) भीम ब.थापाको छोरा कुशल थापा मगर - पर्बत, सरौँखोला बसाई पोखरा हाल अस्ट्रेलिया रू.५०,०१८/-
✅३) बिजय थापा मगर - स्याङ्जा कालीगण्डकी हाल कोरिया(जन्मदिनको अवसर पारी) रू.२,५००/-
✅४) हिकमत पुलामी मगर - बागलूङ हाल UK रू२,२२२/-
✅५) डेबिट झेंडी मगर - स्याङजा, वालिङ-७, रू.५,०००/-
✅६) रूपक राना मगर - नुवाकोट ,सूर्यगड़ी -४,जामुने हाल कुबेट रू.५,०००/-
✅७)विजया पुन मगर - रूपनदेही,बुटवल -६, रू.२,५००/-
✅८) याम पुर्जा पुन मगर - म्याग्दी ,अन्नपूर्ण-४ हाल korea रू.३,५००/-
✅९) नीराजन चुहान मगर - नवलपुर, सर्दी रू.३,३३३/-
✅१०) अमृत मगर - बुटवल हाल korea रू.५,०००/-
✅११) सोनू मगरनी ktm - हाल korea रू.२,०००/-
✅१२) शिल्पा सोमरे मश्राङ्गी मगर - पाल्पा ,रम्भा -१,हाल ktm रू.२,०००/-
✅१३) प्रेम पुन र रुपा लामिछाने मगर छोरी नियाना पुनको जन्मदिनको अवसर पारी - नवलपरासी सुनवल रू.५,०००/-
✅१४) लिलेन्द्र थापा मगर - बागलुङ ,ढोरपातन हाल korea रू.२,०००/-
------------------
जम्मा सहयोग रकम रू.९५,१००/- मात्र
संयोजक/अध्यक्ष :अनिल लामिछाने मगर एबं मगर संसार एडमीन समिति परिवार
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij