बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

होस्टेलमा बिद्यार्थी मृत्यु प्रकरण: विद्यालयले गल्ति स्वीकार्दै १० लाख तिर्न सहमत

होस्टेलमा बिद्यार्थी मृत्यु प्रकरण: विद्यालयले गल्ति स्वीकार्दै १० लाख तिर्न सहमत

images
  • 1.6K
    SHARES

  • images
    images
    images
    होस्टेलमा बिद्यार्थी मृत्यु प्रकरण: विद्यालयले गल्ति स्वीकार्दै १० लाख तिर्न सहमत
    images
    images
    images

    रुपन्देहीको तिलोत्तमा–१ नयाँ मिलमा रहेको प्यारामन्ट बोर्डिङ हाई स्कूलको होस्टेलमा गत शनिबार ज्यान गुमाएकी छात्राको परिवारलाई विद्यालयले १० लाख क्षतिपूर्ति दिने भएको छ । ज्यान गुमाउने १५ वर्षीया प्रतिभा सापकोटा गुल्मीको चन्द्रकोट गाउँपालिका–८  साबिक तुराङ्ग गाबिसको धुर्मु घर भएकी कक्षा १० मा अध्ययनरत थिइन्  ।

    बोर्डिङका सह–प्रिन्सिपललिलाधर किरातेका अनुसार विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले सापकोटा होस्टेलमा नै थिइन् । उनको छाती दुख्ने समस्या भएपछि उनको दाजुलाई लिन बोलाएर  घर पठाइएको तर उपचारका क्रममा मणिग्रामको क्रिमशन अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको थियो । क्रिमशन अस्पतालले सापकोटाको बाटोमा नै मृत्यु भएको बताएको थियो ।

    images
    images
    images

    विद्यालयको लापरबाहीका कारण सापकोटाको निधन भएको उनको परिवारको आरोप छ । सापकोटाका  ठूलो  बुवा  दधिराम सापकोटाले आइतबार  राति  १२ बजेसम्म  भएको छलफलमा  विद्यालयले  लापरबाही स्विकार  गर्दै १० लाख  तिर्न  र विद्यालय  हाताभित्र उनको शालिक  स्थापना गर्न सहमत भएको जानकारी दिए ।सो रकमबाट मृतक प्रतिभाको गाउँ गुल्मी तुराङ्गस्थित  विद्यालयको  शैक्षिक विकासका लागि अक्षयकोष स्थापना गरिने उनको परिवारले जानकारी दिएका छ ।

    दधिराम सापकोटाका अनुसार एसईई परीक्षाको तयारीका लागि  भन्दै प्रतिभासहित ६ जना छात्राहरुलाई दुई महिनाअघिदेखि  होस्टलमा राखिएको थियो ।प्रतिभाको मृत्यु भए लगतै  प्रिन्सिपल दामोदर भुसाललाई भगाइएको  थियो । राति  बोर्डिङका अध्यक्ष पूर्णबहादुर सापकोटासहितको टोली  छलफलमा बसेर गल्ती स्वीकार गरेको सापकोटाले बताए ।

    प्रतिभाका  बाबु डोलनाथ  सापकोटा र  लक्ष्मी सापकोटा  जापानमा  छन्  । रासस 

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, बैशाख १३ २०७८०७:३७:३१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij