बैशाख १३ गुल्मी।गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। सोमबार साँझ करिब ६ बजे इस्मा गाउँपालिका–२ ताल्तुङमा बिजुलीको तार तान्ने क्रममा सोही गाउँपालिका–५ रजस्थलका १७ वर्षीया प्रकाश मुखियाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले बिजुलीको तार तान्ने क्रममा करेन्ट लागेर पोलबाट खसेपछि मुखियालाई तम्घास अस्पताल ल्याइएको थियो। बेहोस अवस्थामा अस्पताल ल्याइएका मुखियालाई चिकित्सकले मृत घोषित गरेका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। रासस
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij