बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

जसपामा विवाद :बाबुराम र उपेन्द्रको प्रस्ताव महन्थद्वारा ठाडै अस्वीकार

जसपामा विवाद :बाबुराम र उपेन्द्रको प्रस्ताव महन्थद्वारा ठाडै अस्वीकार

images
  • 285
    SHARES

  • images
    images
    images
    जसपामा विवाद :बाबुराम र उपेन्द्रको प्रस्ताव  महन्थद्वारा ठाडै अस्वीकार
    images
    images
    images

    जनता समाजवादी पार्टी (जसपा)भित्र बैठक विषयलाई लिएर विवाद भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार बसेको शीर्षनेताका बैठकबीच ‘कार्यकारी समिति बैठक बस्ने’ विषयमा सहमति नहुँदा विवाद बढेको हो ।

    जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादवले पार्टी कार्यकारिणी समिति बैठक बस्नुपर्ने गरेको प्रस्ताव अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो अस्वीकार गरेका छन् ।

    images
    images
    images

    स्रोतका अनुसार शीर्षनेता बैठकमा कार्यकारिणी समिति छिटोभन्दा छिटो बस्नुपर्ने प्रस्ताव भट्टराई र यादवले गरेका छन् । तर, ठाकुर र महतोले एकै स्वरमा अहिलेको अवस्थामा बैठक बस्ने सम्भावना नभएको जवाफ दिएका छन् ।

    ‘कार्यकारिणी समिति बैठक छिटोभन्दा छिटो बसेर पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरौं भन्ने प्रस्ताव बाबुराम र उपेन्द्रजीबाट आयो,’ स्रोतले राजधानीस“ग भन्यो, ‘तर, उहाँहरूको प्रस्ताव महन्थ र राजेन्द्रजीले अस्वीकार गर्नुभयो । अहिले कोरोना महामारी र लकडाउन भएकाले बैठक बस्ने सहज वातावरण नै छैन । सहज भएपछि बैठक बस्नेबारे छलफल गरौं ।’

    बैठकमा डा। भट्टराई, ठाकुर, यादव, महतोका साथै वरिष्ठ नेता अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए । शीर्षनेता बैठक औपचारिकता नै नपाउँदै टुंगिएको छ । अहिले ‘पछिल्लो राजनीतिक अवस्थाबारे छलफल होला रु’ भन्ने विश्वास भए पनि नेताबीचको विवादका कारण बैठक ५ मिनेटमै सकेको स्रोतले बतायो ।

    सरकार निर्माण विषयमा दौडधुप भइरहेका बेला त्यसबारे समेत निर्णय गर्नुपर्ने बेला बैठक नै नबस्ने अवस्थाले पार्टी अनिर्णयको बन्दी बन्दै गइरहेको छ । यसअघि, तोकिएको कार्यकारिणी समिति बैठक बस्दै नबसी स्थगित भएको थियो ।

    जसपा कार्यकारिणी समिति सदस्य मनीष सुमनले पार्टी कार्यालयमा शीर्षनेताबीच अनौपचारिक कुराकानी मात्रै भएको बताए । उनका अनुसार पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनुपर्ने भए पनि कोरोना तथा लकडाउनका कारण ‘कसरी अगाडि बढ्ने रु’ विषयमा समान्य छलफल मात्रै भएको छ ।

    स्रोतका अनुसार ठाकुर र महतो समूहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् । तर, डा। भट्टराई, यादव, राई समूह ओलीइतरको गठबन्धन सरकारमा सहभागी हुनुपर्ने अडानमा छन् ।

    सत्ता समीकरण विषयलाई लिएर दुई धु्रवमा विभाजित जसपा भट्टराई, यादव र राई समूहले ओली नेतृत्वको सरकारस“ग कुनै पनि हालतमा सहकार्य नगर्ने पक्षमा रहेका छन् ।

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०स“ग मिलेर ओली सरकारविरुद्ध अविश्वास ल्याएर वैकल्पिक सरकार गठन गर्नुपर्ने पक्षमा यो समूह रहेको छ । तर, ठाकुर र महतो समूहले मधेस मुद्दा ओली सरकारले सम्बोधन गरिरहेकाले समर्थन गर्नुपर्ने अडानमा छन् ।

    ओली सरकारलाई नै समर्थन गरेर सरकारमा सहभागी हुनुपर्ने ठाकुर र महतो समूहको अडानका कारण भट्टराई, यादव र राई समूहको माग अस्वीकृत हु“दै आएको छ ।

    ‘सत्ता समीकरणको खेलमा जसपा लाग्दैन, ओली सरकारविरुद्ध अहिलेसम्म अविश्वास प्रस्ताव ल्याउने निर्णय कांग्रेस, माओवादी केन्द्रले गरेकै छैनन्,’ स्रोतले भन्यो, ‘अर्कोतर्फ अविश्वास प्रस्तावपछि कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयसमेत टुंगो लागेको छैन ।’

    यो समाचार आजकोराजधानी दैनिकमा छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, बैशाख १५ २०७८१०:२५:३१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij