बैशाख १५,पाल्पा।कोरोना संक्रमण तिब्र रुपमा बृद्दि भएपछी पाल्पा जिल्लामा पनि लक डाउन हुने भएको छ। जिल्ला विपद व्यवस्थापन समिति डिसीसीएमसीको निर्णय अनुसार बैशाख १७ गते राति १२ बजे देखि २४ गते राति १२ बजे सम्म निषेधाज्ञा हुने भएको हो।

निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने ,सबै प्रकारका गोष्ठी,सम्मेलन,सेमिनार जात्रा र महोत्सव गर्न निषेध गर्ने ,त्यस्तै अत्यावश्यक बाहेक कुनै पनि सवारी साधन चलाउन निषेध गर्ने निर्णय गरिएको छ।

दैनिक उपभोग्य सामानहरु किराना पसल ,फलफुल ,माछा मासु ,ग्यास पेट्रोलियम पदार्थका सामानहरु बिहान ६ बजे देखि १११ बजे सम्म मात्रै संचालन गर्न दिने निर्णय गरिएको छ।
कोरोन संक्रमण रोकथामका लागि जिल्ला वासी नागरिक लाई सचेत हुन आग्रह गर्दै कसैले नियम उलंघन गरिएको पाइएमा संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij