बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

पाल्पाकाे पर्यटकीय स्थल सत्यवती तालसम्म पुग्न केबलकार संचालन हुने

पाल्पाकाे पर्यटकीय स्थल सत्यवती तालसम्म पुग्न केबलकार संचालन हुने

images
  • 4.1K
    SHARES

  • images
    images
    images
    पाल्पाकाे पर्यटकीय स्थल सत्यवती तालसम्म पुग्न केबलकार संचालन हुने
    images
    images
    images

    पाल्पा,२८ जेठ। पाल्पाको धार्मिक एवं ऐतिहासिक पर्यटकीय स्थल सत्यवतीसम्म केबुलकारको पहुँच बिस्तार गर्ने तयारी गरिएको छ । जिल्लामा पहिलो पटक निजी क्षेत्रको लगानीमा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले सिद्धार्थ राजमार्गदेखि सत्यवतीसम्म केबुलकार बिस्तार गर्ने तयारी गरिएको हो ।

    सिद्धार्थ राजमार्गको तिनाउ–५, चौबिसमाइलदेखि सोही गाउँपालिकाको वडा नं. ४ को सत्यवतीसम्म करिब एक हजार ३५० मीटर लामो केबुलकारको बिस्तार गरिने लगानीकर्ताले जनाएका छन् । यहाँ केबुलकार सहित अन्य संरचना तयार गर्न एक अर्ब १० करोड लगानी गरिने सत्यवती दर्शन प्रालिका सञ्चालक डिल्लीराम बस्यालले बताउनुभयो ।

    images
    images
    images

    सत्यवती ताल मन्दिर र त्यस क्षेत्रको प्रचारप्रसार र पर्यटन प्रबद्र्धन गर्न केबुलकार स्थापना गर्न लागिएको उहाँले जानकारी दिनुभयो । हालसम्म केबलकार निर्माणका लागि डीपीआर तयार भईसकेको, केबलकारसहित होटल, बगैँचा र अन्य पूर्वाधारका लागि आवश्यक जग्गा खरिदको काम सकिएको बस्यालले बताउनुभयो ।

    कोरोना सङ्क्रमणको महामारी सकिएलगत्तै केबुलकार, होटल तथा बगैँचा लगायतको संरचना निर्माण हुने उहाँले उल्लेख गर्नुभयो । केबुलकारको संरचना निर्माण सुरु गरेको डेढ वर्षभित्र सबै काम सकिने गरी काम थाल्ने लगानीकर्ताले जनाएका छन् । नेपालकै सन्दर्भमा फरक विशेषता सहितको धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले स्वदेश तथा विदेशमा क्रियाशिल सात जना व्यवसायीले यहाँ लगानी गर्न सहमत जनाएको बस्यालले बताउनुभयो ।

    केबुलकार निर्माणपछि हरेक दिन सत्यवतीसम्म सयौँ आन्तरिक तथा बाह्य (खास गरेर भारत) पर्यटक भित्रिने लगानीकर्ताको दावी रहेको छ । त्यस क्षेत्रमा पर्यटक आकर्षित गर्न तिनाउ गाउँपालिका, लुम्विनी प्रदेश सरकार र सङ्घीय सरकारले सडक, मन्दिर लगायतको पूर्वाधार निर्माणमा लगानी गर्दै आएको छ । सत्यवती ताल क्षेत्रलाई धार्मिक एवं पर्यटकीय क्षेत्र बनाउन निजी क्षेत्र र तीन तहका सरकारको क्षेत्रबाट लगानी हुँदै आएको तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।

    परम्परादेखि नै सत्यवती मन्दिरमा पुगेका हरेक भक्तजनले चिच्याएर बर माग्ने परम्परा छ । यो परम्परा नेपालमा मात्र नभएर विश्वमै फरक रहेकाले केबलकार निर्माणपछि सत्यवती क्षेत्रमा भक्तजनको आकर्षण थपिने तिनाउ गाउँपालिका वडा नं. ४ का अध्यक्ष दानबहादुर गाहाले बताउनुभयो । परम्परादेखि नै चिच्याएर बर मागे मात्र मागेका बर सत्यवती बज्यैले पूरा गरिदिने धार्मिक विस्वास रहदैँ आएको उहाँले बताउनुभयो ।

    धार्मिक रुपमा मात्र होइन, पर्यापर्यटनका दृष्टिले समेत सत्यवती ताल क्षेत्र चारैतर्फ करिब पाँच सय मिटर फराकिलो ताल घना जङ्गलले घेरिएको छ । हरेक वर्ष कात्तिक पूर्णिमाको भोलिपल्ट यहाँ चिच्याएर बर माग्ने मेला लाग्ने गर्दछ । पर्यटकीय पूर्वाधार निर्माणले सत्यवतीमा वर्षभरि नै पर्यटकको पहुँच पुग्ने स्थानीय बासिन्दाको भनाई छ ।रानीमहल डट कम बाट
    साभार गरिएको। 

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, जेठ २८ २०७८०८:५०:०१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij