असार २ ,देवदह।पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) जनताको सुख;दुखको सारथि बनेको छ। चाहे त्यो कोरोना महामारी होस् अथवा अन्य बिपत्ति।
कोरोना संक्रमण महामारी अझै नियन्त्रमा आइसकेकेको छैन।कोरोना संक्रमणको जोखिमका बिचमा जनतालाई निशुल्क अस्पताल पुर्याउने देखि लिएर,सचेतना फैलाउने कार्य गरेको राप्रपाले अबिरल वर्षाका कारणले बाढी पहिरोबाट हुन सक्ने जनधनको क्षति जोखिम न्यूनीकरणका लागि उद्धारटोली निर्माण गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी देवदह नगर कार्यसमितिले देवदह र आसपासका क्षेत्रमा हुने जनधनको क्षति र जोखिममा रहनुहुनेहरुको उद्धार कार्यको लागि उद्धारटोली निर्माण गरिएको राप्रपा नगर अध्यक्ष तथा उद्दार टोलीका संयोजक माधव रिमालले जानकारी दिनुभयो।

त्यस्तै राप्रपा केन्द्रीय सदस्य तोयानाथ लम्सालले उद्धार कार्यमा खटिनुहुने साथिहरुलाई उद्धार कार्यमा आवस्यक पर्ने सामाग्रीहरु हस्तान्तरण गर्नु भएको छ।उद्धार कार्यमा आवस्यक पर्ने सामग्री हस्तान्तरण गर्दै केन्द्रीय सदस्य लम्सालले उद्दार तथा आवश्यक सहयोगका लागि २४ सै घण्टा तयारी अवस्थामा रहने बताउनु भयो।
कार्यक्रममा राप्रपा नगर उपाध्यक्ष विनोद सेन्चुरी,सैनिक संगठनका केन्द्रीय सदस्य लाल बहादुर ठकुरी,वार्ड ९ का सचिव किरण गौतम,युवक संगठनका केन्द्रीय सदस्य ज्ञानु तिवारी क्षेत्र न.१ सदस्य गोविन्द खरेल,क्षेत्र न.१ प्रदेश सभा क का अध्यक्ष कमल गौतम,युवक संगठन रुपन्देही जिल्ला सदस्य पारस अधिकारी,युवक संगठन देवदह नगर वार्ड ९ अध्यक्ष धनराज भुर्तेल लगायत पार्टीका अन्य कार्यकर्ताहरुको उपस्थितिमा हस्तान्तरण कार्यक्रम सम्पन्न गरि कुशलता पुर्वक उद्धार कार्यमा खटिनका लागि आह्वान गर्नुभएको छ।

उद्धार टोलीमा देवदह बाट हेमलाल गौतम ,लक्ष्मण प्र. थारु, किरण गौतम, धनुराज भुर्तेल देवदह ७ बाट गोविन्द खरेल ,ज्ञानु तिवारी,पारस अधिकारी ,विनोद कुमार वि. क,देवदह ६ बाट पुर्ण ब गुरुङ,लिलु सिंकिजा ,देवदह ५ बाट मेघ राज शाक्य ,देवदह ४ बाट सूर्य पाठक ,टेक राज खत्रि ,देवदह ११ बाट दुधनाथ यादव ,राज कुमार यादव तथा सम्बन्धित क्षेत्रका स्थानिय युवा आवस्यकता अनुसार परिचालित हुने संयोजक रिमालले जानकारी दिनु भयो।

यस अघि राष्ट्रिय प्रजातन्त्र पार्टी देवदह नगर कार्यसमितिले कोरोना संक्रमणको जोखिमको समयमा बिरामी लाई अस्पताल सम्म पुग्नका लागि निशुल्क एम्बुलेन्सको सेवा उपलब्ध गराएको थियो। त्यस्तै संक्रमितको मनोबल बढाउन घर घरमै पुगेर स्वास्थ्य सामग्री वितरण गरेको थियो।
गुराँस अनलाइनमा प्रकाशित सामग्रीबारे कुनै सुझाव गुनासो तथा सूचना भए हामीलाई gurasmedia24@gmail.com मा पठाउनु होला।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij