असार १९,देवदह। लायन्स क्लब अफ देवदहको पद हस्तान्तरण कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। लायन्स क्लब अफ देवदहको नवनिर्वाचित पदाधिकारीको आज एक कार्यक्रमका बीच पद स्थापना गरीएको हो । बर्ष २०२०-०२१ का पदाधिकारीकाले बर्ष २०२१-०२२ का पदाधिकारीलाई पद हस्तान्तरण गरेका हुन ।
बर्ष २०२१-०२२ का लागि नव निर्वाचित अध्यक्ष बिनोद थापा मगरले पद ग्रहण गर्दै आफ्नो कार्यकालमा केहि महत्वपुर्ण कार्यक्रम ल्याएको र ति कार्यक्रम पुरा गर्ने प्रतिबद्दता पनि ब्यक्त गर्नुभयो। आँखा अस्पताल संचालन गर्ने योजनालाई प्राथमिकतामा राखेको बताउदै लायन्सको परिचय झल्कने गरी पार्क निर्माण गर्ने, संस्थालाई थप क्रियाशिल बनाउने समेत योजना रहेको बताउनुभयो।
कार्यक्रम :कृषिका कुरा
कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य डा.कृष्ण न्यौपानेले लायन्स क्लबको सामाजिक रुपान्तरणमा महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । पछिल्लो समय लायन्स क्लबले कोभिड जोखिमका बिचमा गरेको कार्यको प्रसंशा गर्दै न्यौपानेले लायन्स क्लबले गर्ने सामाजिक कार्यमा सधैँ साथ रहने प्रतिवद्धता समेत बताउनुभयो।
कार्यक्रममा निवर्तमान अध्यक्ष राम बहादुर गुरुङले आफ्नो कार्यकालमा कोरोना भाइरस संक्रमणका कारण अपेक्षाकृत ढंगले काम गर्न नसकेको बताउनुभयो । कोभिड संकटको समयमा पनि फुट प्रेसर ह्याण्ड वासर राख्ने, विपन्नलाई सहयोग गर्ने ,लागु औषध तथा दुर्व्यसनी बिरुद्द सचेतना कार्यक्रम ,महिला शसक्तिकरण लगायत काम गरेको भन्दै आफ्नो कार्यकालमा सघाउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रममा देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ,लायन्स क्लबका पि.एम.जे.एफ नवराज न्यौपाने, लायन्स क्लबका डिस्ट्रक डेपुटी चिफ बिष्णु प्रसाद पौडेल ,कृष्ण सापकोटा लगायतले बोल्नु भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij