सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

आफन्त साकोसको खैरेनीमा सेवा केन्द्र विस्तार

आफन्त साकोसको खैरेनीमा सेवा केन्द्र विस्तार

images
  • 1.5K
    SHARES

  • images
    images
    images
    आफन्त साकोसको खैरेनीमा सेवा केन्द्र विस्तार
    images
    images
    images

    देवदह। देवदहको शंकरपुरमा २०६८ सालमा स्थापना भएको आफन्त बचत तथा ऋण सहकारी संस्थाले देवदह नगरपालिका - ७ मा आफ्नो तेस्रो सेवा केन्द्र संचालनमा ल्याएको छ। 

    No description available.

    images
    images
    images

    खैरेनी सेवा केन्द्रको उद्घाटन गर्दै देवदह नगरपालिकाका नगर उप प्रमुख बिद्या लक्ष्मी गुरुङले खरेनिमा सेवा केन्द्र विस्तार गरे संगै यो क्षेत्रका सेवाग्रहिलई सहज हुने बिश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिनुभएको थियो। पछिल्लो समय सहकारी संचालन चुनौतीपूर्ण रहेको बताउंदै शेयर सदस्य विस्तारका लागि सहकारीहरूले रचनात्मक कार्यक्रम ल्याउनुपर्ने जरुरि रहेको गुरुङले बताउनुभयो। हाल देवदहमा ४० ओटा सहकारीहरू संचालनमा रहेको बताउंदै सहकारीका सदस्यहरुलई सहकारी शिक्षा संग सम्बन्धित तालिम दिनुपर्ने,सहकारीका गतिविधिलाई अगाडी बढाउन सदस्यहरुलाई सिपमुलक, शिक्षा तथा कृषि संग सम्बन्धित कार्यक्रम गर्नुपर्ने उपप्रमुख गुरुङले बताउनुभयो। 

     

    कार्यक्रम :कृषिका कुरा । भिडियो हेर्नुहोस।   

     

    सहकारीका सम्भावनाको खोजि,समस्या र चुनौतीको समाधानका लागि नगरपालिकाले सहकारी संजाल गठन गर्न लागेको बताउंदै सहकारीलाई बिश्वास युक्त बनाउन लाग्नुपर्ने उपप्रमुख गुरुङको भनाई थियो। 

    No description available.

    सेवा केन्द्र उद्घाटन कर्यक्रममा राष्ट्रिय सहकारी बिकास बोर्डका पुर्व संचालक तथा दुग्ध विकास संस्थानका केन्द्रिय संचालक सदस्य प्रकाश अर्यालले सहकारीका चुनौती सहकारी संचालक समस्या तथा समाधानका बिषयमा बहस हुनु जरुरि रहेको बताउनुभयो। स्थानीय सरकारले सहकारी नीति  निर्माणलागि वेवास्ता गरेको समेत आरोप लगाउनुभयो। 

    सेवा केन्द्र उद्घाटन कार्यक्रममा देवदह नगरपालिका ७ का वडा अध्यक्ष पदम थापा,उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल ढकाल कोलिय देवदह सहकारीका अध्यक्ष सुबकान्त न्यौपाने लगायत शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो। आफन्त बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शंकर पाण्डेको अध्यक्षता, फुल प्रसाद पाण्डेयको स्वागत,संचालक समितिका सचिब गणेश सापकोटाको संचालनमा कार्याक्रम सम्पन्न भएको थियो। 

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij