सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदह प्रहरी चौकीका इन्चार्ज सारुलाई स्वागत तथा सम्मान 

देवदह प्रहरी चौकीका इन्चार्ज सारुलाई स्वागत तथा सम्मान 

images
  • 2.5K
    SHARES

  • images
    images
    images
    देवदह प्रहरी चौकीका इन्चार्ज सारुलाई स्वागत तथा सम्मान 
    images
    images
    images

    pens.png  निर्मल एसपी मगर 

    देवदह। रुपन्देहीको देवदहमा रहेको अस्थायी प्रहरी चौकीमा हालै मात्र  इन्चार्जको जिम्मेवारी सम्हाल्नु भएका प्रहरी निरिक्षक गंगा बहादुर सारुलाई नेपाल मगर संघ देवदह नगर समितिले स्वागत गरेको छ ।

    images
    images
    images

    नेपाल मगर संघ देवदह नगर समिति अध्यक्ष शोभा थापा मगरले प्रहरी निरिक्षक सारुको कार्यकालको सफलता शुभकामना सहित खादा ओढाएर स्वागत गरेकी हुन् । अध्यक्ष थापाले देवदह प्रहरी चौकीमा आउनु भएका इञ्चार्ज सारुलाई स्वागत गर्दै यस क्षेत्रको शान्ति सुरक्षा र अमन चयनमा थप सुधार आउने विश्वास व्यत्त गरिन । 

    स्वागत कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक सारुले देवदहमा इलाका प्रहरी कार्यालयको आवश्यकता रहेको आफुले महसुश गरेको बताउनुभयो। प्रहरी चौकीमा यातायातको समेत सहज व्यवस्था नभएको उल्लेख गर्दै उंहाले शान्ति सुव्यवस्था कायम गर्नका लागि आफुले हरदम तयार रहने बताउनुभयो। प्रहरी चौकीको गाडी चौकीमा भन्दा बढी ग्यारेजमा हुने गरेको कुरा उल्लेख गर्दै इन्चार्ज सारुले प्रहरीलाई यातायातको व्यवस्था भएन भने काम गर्न असहज हुने उल्लेख गर्नुभयो। 

    नगरपालिकाले बेलुकाको समयमा यातायातको व्यवस्थापन गरेको बताउंदै इन्चार्ज सारुले आफ्नो क्षेत्राधिकार भित्र रहेर शान्ति सुरक्षामा जोड दिदै अपराध न्यूनिकरणका लागि पहल गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो। सारुले  “नेपाल प्रहरीले सिमित स्रोत र साधनबाट अपराध अनुसन्धानमा काम गरिरहेको बताउंदै कतिपय घटनाहरुको अनुसन्धान निकै जटिल हुने गरेको बताउनुभयो। देवदह आफैमा चुनौती पूर्ण ठाउँ रहेको बताउदै चुनौतीको सामना गर्दै अगाडी बढ्ने बताउनुभयो। हामी बर्दीसहितका प्रहरी हौँ, नागरिक बर्दी विनाका प्रहरी हुन् अपराध रहित समाजको लागि हामी सबैको हातेमालो आवश्यक रहेको सारुले बताउनु भयो। 

    स्वागत कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष दल बहादुर बिरकट्टा,देवदह नगरपालिका ७ का वडा अध्यक्ष पदम थापा,संघका बरिस्ठ सल्लाहकार यम राना,नेपाल मगर संघ रुपन्देहीका पुर्व सहसचिब बिनोद थापा मगर,आदिवासी जनजाती महासंघका देवदह नगर अध्यक्ष केशर बहादुर पुन लगायतले बोल्दै प्रहरी संग शान्ति सुव्यवस्था कायम गर्न हातेमालो गर्ने बताएका थिए। 

    कार्यक्रम संघका अध्यक्ष शोभा थापा मगरको अध्यक्षता खेम थापाको स्वागत र सचिब मन बहादुर रनको संचालनमा सम्पन्न भएको थियो। 

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, श्रावण १८ २०७८०८:२७:४२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij