देवदह। रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहको नवौं पद हस्तान्तरण कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहको नवनिर्वाचित पदाधिकारीको शनिवार एक कार्यक्रमका बीच पद हस्तान्तरण गरीएको हो।
कार्यक्रम :कृषिका कुरा (भिडियो हेर्नुहोस)
रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहको बर्ष २०२१/२२ को अध्यक्षमा सुनिल गिरी चयन भएका छन्। क्लवको उपाध्यक्षहरुमा मनिलाल तिवारी, बिक्रम भुसाल, रमा गैरे, राजु पाण्डे र चन्दा पाठकलाई चयन गरिएको छ ।त्यस्तैगरी सचिवमा सन्दिप पौडेल, कोषाध्यक्षमा अम्बिका खरेल तथा सहसचिवमा प्रविण गौडेल र सहकोषाध्यक्षमा सन्जना ढकाललाई चयन गरिएको छ । त्यस्तै कार्यसमितिको बोर्ड सदस्यहरुमा मनोज भट्टराई, वर्षा खड्का, गीता ढकाल, ललिता घिमिरे, कृष्ण गैरे, अनिता रेग्मी, प्रिती यादव, आषिस न्यौपाने, विजय अमागाई, सिदार्थ अर्याल, रोजिना गैरे, लाक्पा लामा, सरोज गैरे, सुस्मिता न्यौपाने र रस्मिता न्यौपानेलाई चयन गरिएको छ ।
बर्ष २०२१/२२ का लागि नव निर्वाचित अध्यक्ष सुनिल गिरीले पद ग्रहण गर्दै आफ्नो कार्यकालमा केहि महत्वपुर्ण कार्य योजना ल्याएको बताउदै कार्यक्रम पुरा गर्ने प्रतिबद्दता पनि ब्यक्त गर्नुभयो। पर्यटन प्रबद्दन,स्वास्थ्य, शिक्षा, ट्राफिक चेतना सहितका कार्यक्रम आफ्नो प्राथमिकता रहेको बताउनु भयो ।कोभिड संक्रमण जोखिमका बिचमा पनि देवदहमा रहेका अन्य क्लबहरु संग बिभिन्न खालका सामाजिक कार्य गरेको बताउदै आफ्नो कार्यकालमा थप नंया योजना ल्याएको बताउनु भयो।
नव निर्वाचित अध्यक्ष गिरीलाई क्लवका पूर्व अध्यक्ष किशु शर्माले सपथ ग्रहण गराउनु भएको थियो भने क्लबका अन्य पदाधिकारीलाई अध्यक्ष गिरीले सपथग्रहण गराउनु भएको थियो ।
कर्यक्रममा स्पोन्सर क्लव रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष विष्णुप्रसाद चापागाईले क्लवका तीनवटै स्पोन्सर क्लवलाई क्लवले पूर्ण साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रमुख अतिथि समेत रहेका चापागाईले युवाहरुको ब्याक्तित्व र नेतृत्व विकास गर्ने कार्यक्रम तथा अन्य सामाजिक कार्यक्रमहरु ल्याउन आग्रह गर्दै आफ्नो पूर्ण रुपमा साथ र सहयोग रहने प्रतिबद्दता व्यक्त गर्नुभयो।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष अधिवक्ता किशु शर्मा,लायन्स क्लब अफ देवदहका अध्यक्ष बिनोद थापा मगर ,लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका अध्यक्ष दिपेश बिक्रम मल्ल,क्लबका DRC मेम्बर सुरज खरेल,कोष बहादुर गुरुङ लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij