देवदह १०,साउन। देवदह नगरपालिका न्यायिक समितिका संयोजक तथा देवदह नगरपालिकाकी उपप्रमुख बिद्या लक्ष्मी गुरुङले मेलमिलाप केन्द्रमा आएका मुद्दा मामिलालाई राजनीतिक स्वार्थ नराखी निश्पक्ष रुपमा मिलाउन मेलमिलाप कर्तालाई आग्रह गर्नु भएको छ।
कार्यक्रम :कृषिका कुरा । भिडियो हेर्नुहोस
रुपन्देहीको देवदह नगरपालिका न्यायिक समिति अन्तर्गत वडा नम्बर ८ मा मेलमिलाप केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै न्यायिक समितिका संयोजक गुरुङले उक्त कुरा आग्रह गर्नु भएको हो। देवदह नगरपालिकामा ७४ जना मेलमिलाप कर्ता सुचिकृत रहेको र बिगत ३ बर्ष देखिनै मुद्दा मामिला तथा विवाद मिलाउदै आएको गुरुङले बताउनुभयो।देवदह नगरपालिकाका १२ वटै वडामा मेलमिलाप कर्ताहरुको छनोट गरि घरेलु विवाद,लैंगिक हिंसा,मुद्दा मामिला समाधानका कार्यहरु भएको उपप्रमुख गुरुङले बताउनुभयो।

मेलमिलाप केन्द्रमा आएका मुद्दा मामिला निश्पक्ष रुपमा विना दबाब छानबिन गरि मिलाउन र मुद्दा मामिला नमिलेको खण्डमा न्यायिक समितिमा पठाउन समेत न्यायिक समितिका संयोजक गुरुङले बताउनुभयो।
मेलमिलाप केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज बेलबासेले मेलमिलाप केन्द्र स्थापना भए संगै सर्वसाधारणलाई नगरपालिका धाउनु नपर्ने र आफ्नो नजिकको केन्द्र बाटनै मुद्दा मामिला समाधान गर्न सहज हुने बिश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दण्ड पानि भट्टराई,उद्योग बाणिज्य संघ देवदहका उपाध्यक्ष प्रमोद खनाल लगायतले बोल्नु भएको थियो । कार्यक्रममा देवदह नगरपालिका प्रशासकीय अधिकृत गंगा प्रसाद पन्थी,देवीराम भण्डारी,राम प्रसाद शर्मा देवदह ८ का मेलमिलाप संयोजक तिलोचन दाहाल वडा सदस्यहरु, मेलमिलाप कर्तालगायतको उपस्थति रहेको थियो।
न्यायिक समितिका सदस्य देबु भट्टराईको स्वागत र मिना रि को संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij