सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

समाज रुपान्तरणका लागि संचार माध्यमको भूमिका अपरिहार्य छ:नगर प्रमुख खत्री

समाज रुपान्तरणका लागि संचार माध्यमको भूमिका अपरिहार्य छ:नगर प्रमुख खत्री

images
  • 460
    SHARES

  • images
    images
    images
    समाज रुपान्तरणका लागि संचार माध्यमको भूमिका अपरिहार्य छ:नगर प्रमुख खत्री
    images
    images
    images

    देवदह। समाजमा सकारात्मक परिवर्तन र समाज रुपान्तरणका लागि संचार माध्यमको भूमिका महत्वपुर्ण रहेको देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्रीले बताउनु भएको छ। रुपन्देहीको देवदह बाट प्रकाशित भैरहेको देवदह राष्ट्रिय साप्ताहिकको नवौँ स्थापना दिवसको अवसरमा देवदह साप्ताहिकले आयोजना गरेको कार्यक्रममा बोल्दै नगरप्रमुख खत्रीले उक्त कुरा बताउनुभएको हो। 

    कार्यक्रम :कृषिका कुरा । भिडियो हेर्नुहोस 

    images
    images
    images

     

    संचार क्षेत्रमा चुनौती संगै संभावना समेत रहेको बताउदै नगरप्रमुख खत्रीले चुनौतीको सामना गर्दै अघि शुभकामना ब्यक्त गर्नुभयो। संचार माध्यमलाई राज्यको चौथो अंग मानिए पनि आम नागरिकको लागि भने पहिलो अंगको रुपमा रहेको खत्रीले बताउनुभयो।संचार माध्यमले  कुनै पुर्वाग्रह नराखी निश्पक्ष रुपमा खोज पत्रकारिता गर्नुपर्ने,सत्य र यथार्थ परक समाचार सम्प्रेषण गर्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगरप्रमुख खत्रीको भनाइ थियो। 

    No description available.

    नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलले संञ्चार माध्यम सूचना सम्प्रेषण गर्ने महत्वपुर्ण मध्यम रहेको बताउनुभयो।   संञ्चार माध्यमहरुले समाजमा भैरहेका गतिबिधिहरु सम्प्रेषण गरिरहेको बताउनुभयो।  पत्रकार महासंघ रुपन्देहीले आफ्ना सदस्यहरुको क्षमता अभिबृद्धिका लागि विभिन्न कार्यक्रमहरु संञ्चालनको तयारी गरीरहेको पोख्रेलले बताउनुभयो। 

    देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली राज वेलवासेले पत्रकारहरु संग सहकार्य गरेर अघि वढ्न तयार रहेको बताउनुभयो।  देवदहमा क्रियाशिल पत्रकारहरु संग नगरपालिकाले प्रत्यक महिना नगरले गरेका कार्यहरुको बिषयमा प्रेस ब्रिफिङ्ग गर्न सके स्थानीय सरकारले के के गरिरहेको छ ,यी बिषयमा नागरिकले थाहा पाउन सहज हुने बताउनुभयो। 

    कार्यक्रमा राजनीति दलका प्रतिनिधि, बिद्यालय,सामुदायिक वनका पदाधिकारी,संघ संस्थाका प्रतिनिधिले बोल्दै संञ्चार माध्यमले सत्य, तथ्य र सन्तुलित ढंगले सुचना प्रवाहा गर्नु पर्ने बताउदै शुभकामना व्यक्त गर्नुभएको थियो। 

     कार्यक्रम पत्रिकाका प्रकाशक त्रिलोचन दाहालको अध्यक्षता र सम्पादक राम बहादुर गुरुङ्गको सञ्चालनमा सम्पन्न भएको थियो । 

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, श्रावण ११ २०७८०९:०६:३९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij