बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट 'डेल्टा प्लस'

नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट 'डेल्टा प्लस'

images
  • 412
    SHARES

  • images
    images
    images
    नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट 'डेल्टा प्लस'
    images
    images
    images

    काठमाडौँ। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेरि भटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७ वटा नमुनामध्ये तीन जनामा डेल्टा भेरियन्ट भेटिएको हो ।

    यस भेरियन्टलाई डेल्टा प्लस नामले चिनिन्छ । देशका विभिन्न प्रयोगशालाबाट संकलित ४७ नमुनामध्ये सबैमा डेल्टा भेरियन्ट भेटिएको र तीमध्ये तीनवटामा थप उत्परिवर्तन के ४१७ एन म्युटेसन भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसलाई एवाई १ नाम दिइएको छ।

    images
    images
    images

    मन्त्रालयले उक्त भेरियन्ट परीक्षणका लागि विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालयको समन्वयमा भारतमा रहेको प्रयोगशालामा पठाएको थियो । यस क्रममा जेठमध्यदेखि असार मसान्तसम्मका देशका विभिन्न भागका विभिन्न उमेर समूहका ४७ वटा नमुना संकलित थिए ।

    यो म्युटेसन कुन देशबाट सुरु भयो भन्ने यकिन नभए पनि हालसम्म १० देशमा देखिसकेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् । मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार नेपालसहित भारत, अमेरिका, बेलायत, रुस, जापान, पोल्यान्ड, पोर्चुगल, स्विजरल्यान्ड र क्यानडामा यो म्युटेसन देखिएको छ। नेपालमा यसअघि पनि ४८ वटा नमुना परीक्षण गर्दा ९ जनामा डेल्टा प्लस फेला परेको थियो।

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, श्रावण १२ २०७८०७:३९:४१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij