बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

कोरोना अपडेट:तिन हजार आठ सय ४० जनामा संक्रमण,३३ को मृत्यु

कोरोना अपडेट:तिन हजार आठ सय ४० जनामा संक्रमण,३३ को मृत्यु

images
  • 219
    SHARES

  • images
    images
    images
    कोरोना अपडेट:तिन हजार आठ सय ४० जनामा संक्रमण,३३ को मृत्यु
    images
    images
    images

    काठमाडौं। पछिल्लो २४ घन्टामा थप ३ हजार ८४० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। परीक्षण गराएका १५ हजार ८०८ नमूनामा ३ हजार ८४० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १० हजार ८८६ नमूनाको पीसीआर र ४ हजार ९२२ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराएको थियो। जसमध्ये पीसीआरबाट २६ सय ३४ जना र एन्टिजेन विधिबाट १२ सय ६ जनामा संक्रमण पुष्टि भएको हो।

    यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ३३ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७९१ पुगेको छ। मन्त्रालयका अनुसार बुधबार १९ सय ९३ जना कोरोनाबाट मुक्त भएका छन्। कोरोनाबाट निको हुनेको संख्या ६ लाख ४९ हजार ७२ पुगेको छ।

    images
    images
    images

    मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भने ८५९ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा काठमाडौंमा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जना संक्रमण देखिएको हो।

    पछिल्ला दिनमा कोरोना संक्रमण बढ्दै गएकाले अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न विज्ञहरुले औंल्याएका छन्। बुधबार मात्रै ३८ सय ९९ जनामा संक्रमण देखिएको थियो भने २० जनाको मृत्यु भएको थियो।

     

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, श्रावण १३ २०७८०५:३०:३०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij