सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

लियो क्लब अफ देवदहको छैठौं पद स्थापन कार्यक्रम सम्पन्न

लियो क्लब अफ देवदहको छैठौं पद स्थापन कार्यक्रम सम्पन्न

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    लियो क्लब अफ देवदहको छैठौं पद स्थापन कार्यक्रम सम्पन्न
    images
    images
    images

    देवदह। लियो क्लब अफ देवदहको छैठौं पद स्थापन कार्यक्रम सम्पन्न भएको छ। लियो क्लव अफ देवदहको नवनिर्वाचित पदाधिकारीको शनिवार एक कार्यक्रमका बीच पद हस्तान्तरण गरीएको हो। 

    लियो क्लब अफ देवदहको बर्ष २०२१/०२२ को अध्यक्ष पदमा निर्वाचित आयूष पंगेनीलाई बर्ष २०२०/०२१ का अध्यक्ष श्रद्धा केसीले पद हस्तान्तरण गरेकी हुन्। लियो क्लब अफ देवदहको बर्ष २०२१/०२२ को प्रथम उपाध्यक्षमा प्रविन गौडेल,दोस्रो उपाध्यक्षमा सागर पोखरेल सचिवमा अशोक गैह्रे र कोषाध्यक्षमा सुवास गिरी निर्वाचित भएका छन। 

    images
    images
    images

     

    कार्यक्रम :कृषिका कुरा । भिडियो हेर्नुहोस।  

     

    लियो क्लब अफ देवदहको बर्ष २०२१/०२२ को अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष केसीले आफ्नो कार्यकालमा महत्वपुर्ण कार्यक्रम सम्पन्न गरेको बताउनुभएको छ। कोभिडको जोखिमका बिचमा पनि देवदह मा रहेका अन्य क्लब संग सहकार्य गरि फुड बैंक संचालन गरेको,लागुपदार्थ दुर्व्यसनी बिरुद्द कार्यक्रम संचालन गरेको,मानव बेचबिखन बिरुद्द सचेतना कार्यक्रम गरेको बताउनुभयो। अध्यक्ष केसीलेआफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा आभार प्रकट समेत गर्नुभयो। 

    बर्ष २०२१/२२ का लागि नव निर्वाचित अध्यक्ष आयूष पंगेनीले पद ग्रहण गर्दै आफ्नो कार्यकालमा केहि महत्वपुर्ण कार्य योजना ल्याएको बताउदै कार्यक्रम पुरा गर्ने प्रतिबद्दता पनि ब्यक्त गर्नुभयो। आफ्नो कार्यकालमा  देवदह खैरेनी चोकमा सार्वजनिक शौचालय निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गर्ने, छाडा चौपाया व्यवस्थापनका लागि कार्यक्रम निर्माण गर्ने, सामाजिक सचेतनाका लागि कार्यक्रम संचालन गर्ने,बिकट क्षेत्रम रहेका बिद्यालयमा शैक्षिक सामग्री वितरण गर्ने लगायत विभिन्न कार्यक्रमहरु संञ्चालन गर्ने घोषणा गरेका छन।  

    पद हस्तान्तरण कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य डा.कृष्ण न्यौपानेले कोभिड जोखिमका बिचमा पनि लियो क्लब अफ देवदहले रचनात्मक कार्य गरेको भन्दै प्रशंशा गर्नुभयो। युवाहरुको ब्याक्तित्व र क्षमता विकासका लागि क्लबले रचनात्मक भूमिका निर्वाह गरेको बताउनुभयो। देवदहलाई विश्वसामु परिचित बनाउन लियो क्लबले सकारात्मक कार्य गरेको न्यौपानेले बताउनुभयो। 

    कार्यक्रममा लायन्स क्लब अफ देवदहका संस्थापक अध्यक्ष बिष्णु प्रसाद पौडेल,लायन्स क्लब अफ देवदहका अध्यक्ष बिनोद थापा मगर,लियो क्लब अफ रुपन्देहीका अध्यक्ष आशिष लामिछा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो। 

    कार्यक्रममा लिलामणि आचार्य, लायन गुमान सिंह कुँवर,राम बहादुर गुरुङ,कृष्णराज पौडेल ,अस्मिता लामिछाने,अर्जुन आचार्य,बिष्णु ज्ञवाली लगायतको सहबगिता रहेको थियो। कार्यक्रम लियो क्लब अफ देवदहका सचिब प्रविन गौडेलको संचालनमा सम्पन्न भएको थियो। 

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, श्रावण १६ २०७८०८:४७:४६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij