सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

भ्रममा नपर्नुहोस ,एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीले पाउनेछन एघार लाख ,टिम इभेन्टका खेलाडीलाई पाँच-पाँच लाख

भ्रममा नपर्नुहोस ,एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीले पाउनेछन एघार लाख ,टिम इभेन्टका खेलाडीलाई पाँच-पाँच लाख

images
  • 1.5K
    SHARES

  • images
    images
    images
    भ्रममा नपर्नुहोस ,एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीले पाउनेछन एघार लाख ,टिम इभेन्टका खेलाडीलाई पाँच-पाँच लाख
    images
    images
    images

     

    काठमाण्डौ – सरकारले दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता खेलाडीहरुलाई प्रोत्साहनस्वरुप जनही ९ लाख रुपैयाँ दिने भएको छ ।
    सागमा पदक विजेता खेलाडीहरुलाई बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष प्याकेजको घोषणा गर्नु भएको हो । यस्तै रजत पदक विजेतालाई जनही ६ लाख रुपैयाँ र कांस्य पदक विजेता खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने प्रधानमन्त्रीले घोषणा गर्नु भएको छ ।
    त्यस्तै एकभन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख रुपैयाँ दिने पनि प्रधानमन्त्री ओलीले घाेषणा गर्नु भएकाे छ ।

    त्यस्तै फुटबललगायत विभिन्न टिम इभेन्टमा स्वर्ण जित्ने प्रति खेलाडीलाई ५-५ लाख रुपैयाँ दिने पनि प्रधानमन्त्री ओलीले घाेषणा गर्नु भएकाे छ । त्यस्तै टिम इभेन्टमा रजत र कांस्य पदक जित्ने खेलाडीलाई कति दिने भन्नेबारेमा भने पछि निर्णय गरिने बताइएकाे छ ।

    images
    images
    images

    मंगलबार सागको समापनलाई विशेष सम्बोधन गर्नु भएका प्रधानमन्त्री ओलीले बुधबार खेलाडीहरुलाई बालुवाटार नै बोलाएर प्रोत्साहनस्वरुप पुरस्कारको घोषणा गर्नु भएको छ । मंगलबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले सागमा पदक जित्ने खेलाडीलाई प्रधानमन्त्री ओलीले सरप्राइज प्याकेज घाेषणा गर्ने जानकारी दिनु भएकाे थियाे ।
    १. मण्डेकाजी श्रेष्ठ– (पुरुष एकल काता) कराँते
    २. मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण मानन्धर– (पुरुष टिम काता) कराँते
    ३. निर्मला तामाङ, संगीता मगर र सरु कार्की– (महिला टिम काता) कराँते
    ४. लक्ष्मण तामाङ– (५५ केजी) कराँते
    ५. विल्पवलाल श्रेष्ठ– (८४ केजीमाथि) कराँते
    ६. कुसुम खड्का– (४५ केजीमुनि) कराँते
    ७. अनु अधिकारी– (५० केजीमुनि) कराँते
    ८. नवीन रसाइली– (६७ केजी) कराँते
    ९. सुनिता महर्जन– (६८ केजी) कराँते
    १०. अनुपमा मगर– (६८ केजी) कराँते
    ११. कलम श्रेष्ठ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
    १२. सिना मादेन लिम्बू– (१७–२३ वर्ष) तेक्वान्दो पुम्से
    १३. पार्वती गुरुङ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
    १४. आयशा शाक्य– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
    १५. आयशा शाक्य र सञ्जिवकुमार पाण्डे– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
    १६. निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना– (१७–२३ वर्ष) पुम्से महिला टिम
    १७. निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राई– (२३–२९ वर्ष) पुम्से महिला टिम
    १८. काजल श्रेष्ठ– (४६ केजीमुनि) तेक्वान्दो
    १९. वीरबहादुर महरा– (६८ केजीमुनि) तेक्वान्दो
    २०. सोनी गुरुङ – ट्रायथलन
    २१. हिमाल टमाटा– डुवालोथन
    २२. विजय सिञ्जाली– उसु (थाउलो)
    २३. सुस्मिता गुरुङ– उसु (थाउलो)
    २४. दीपक हमाल– उसु (थाउलो)
    २५. सन्तोषी श्रेष्ठ– एथलेटिक्स (१० हजार मिटर)
    २६. राजेश मगर– साइक्लिङ (डाउनहिल)
    २७. निश्मा श्रेष्ठ– साइक्लिङ (डाउनहिल)
    २८. संगीता बस्याल– (६२ केजीमुनि) तेक्वान्दो
    २९. सक्षम कार्की– तेक्वान्दो
    ३०. निमा घर्ती मगर - उसु
    ३१. लक्ष्मी मगर– साइक्लिङ
    ३२. बुद्धिबहादुर तामाङ– साइक्लिङ
    ३३. सञ्जु चाैधरी - भाराेत्तलन
    ३४. गाैरिका सिंह - पाैडी
    ३५. जुनी राई - उसु
    ३६. भुपेन श्रेष्ठ– तेक्वान्दो
    ३७. गोपीचन्द्र पार्की– दौड
    ३८. सुवास तामाङ– गल्फ (व्यक्तिगत)
    ३९. सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ– गल्फ (टिम इभेन्ट)
    ४०. विकास थापा– भाराेत्ताेलन
    ४१. गाैरिका सिंह– पाैडी
    ४२. किरणसिंह बाेगटी– म्याराथन
    ४३. संगीता धामी– कुस्ती
    ४४. गाैरिका सिंह- पाैडी
    ४५. देविका खड्का- जुडाे
    ४६. मिनु गुरुङ- बक्सिङ
    ४७. भूपेन्द्र थापा- बक्सिङ
    ४८. पुनम श्रेष्ठ- जुडाे
    ४९. गाैरिका सिंह- पाैडी
    ५०. सनिल शाही - बक्सिङ
    ५१. पुरुष फुटबल टिम

    Capture.PNG

     

    images
    images
    • बुधवार, मंसिर २५ २०७६०१:४५:४४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij