लियो क्लब अफ लर्ड बुद्धले केरवानी मा.वी का विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो टोपी र खेल सामाग्री वितरण गरेको छ । देवदह नगरपालिका वडा नं ५ स्थित केरवानी माध्यमिक विद्यालयका वालशिक्षाका २१ र शुस्त श्रवणका ९ विद्यार्थी गरि जम्मा ३० जना विद्यार्थीहरुलाई न्यानो टोपी र खेल सामाग्री वितरण गरेको हो । सो वितरण कार्यक्रममा प्रमुख अतिथि देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष झिल्लु प्रसाद न्यौपानेले विद्यालयलाई आफ्नो र नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतीबद्घता व्यक्त गर्नुभयो ।उहाले जाडो बढिरहेको बेला वालशिक्षाका र शुस्त श्रवणका बिद्यार्थीलाई टोपी तथा खेल सामाग्री वितरण गरि प्रशंशनिय कार्य गरेको भन्दै क्लबलाई धन्यवाद दिनु भएको थियो ।

कार्यक्रमको संयोजक लियो समिक्षा खरेलले विद्यार्थीहरुलाई जाडोमा पनि विद्यालयमा उपस्थिति गराउने र चिसो बाट बाचुन भन्ने उद्देश्यले टोपि वितरण गरेको जानकारी दिइन् । सहयोग पाएपछि विद्यार्थीहरु खुशी भएको विद्यालयको शिक्षक खेमानन्द ज्ञवालीले बताउनुभएको थियो। लियो क्लब अफ लर्ड बुद्धको अध्यक्ष लियो कमल ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा लियो संदिप तिवारीको स्वागत र क्लब का सचिब लियो प्रदिप पाण्डेको संचालनमा भएको थियो ।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij