देवदह। रुपन्देहीको देवदहका ब्रेम ट्युमर पिडित दल बहादुर गाहा मगरलाई सामाजिक सञ्जाल प्रयोग कर्ताहरुको समुह मगर संसार फोटो ग्यालरीले आर्थिक सहयोग गरेका छ । शनिबार सामाजिक अभियानकर्मी अनिल लामिछाने मगरको पहलमा संङ्कलित रकम गाहाको निवास देवदह–६ सरनबारी पुगेर नेपाल मगर संघ देवदह कार्यसमितीका अध्यक्ष शोभा थापा मगर, कोषाध्यक्ष मिलन मास्के, बुद्धिजिवी परिषदका सदस्य विनोद थापा समुहका सदस्यहरु अमिर थापा, नबिना पुन, जानकी मगर र पत्रकारहरु सहितको टोलीले रकम हस्तान्तरण गरेको हो ।
पहिलो चरणमा ५ लाख १ सय ६५ रुपैयाँ र दोस्रो चरणमा १ लाख १ हजार ८ सय १ रुपैयाँ गरी ६ लाख १ हजार ९ सय ६६ रुपैयाँ हस्तान्तरण गरीएको मगर संसार फोटो ग्यालरीले बताएको छ। सो रकम कोरीया, कुवेत, कतार लगायतका देश र नेपालमा संकलन गरि हस्तान्तरण गरिएको हो।
सो अवशरमा बोल्दै पिडितका बुवा मान बहादुर गाहाले मगर संसार राहत कोषले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै अरु समस्या परेका व्यक्तिहरुलाई पनि सहयोग गर्न सो समुह संग आग्रह गरे । पिडित दल बहादुर गाहाको एक महिना अघि टाउकाको शल्यक्रिया गरीएको थियो । अहिले उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको परिवारले जनाएको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij