बुटवल, भदौं ६ । नेपाली पत्रकारिता र साहित्यमा लागेका नयाँ पुस्ताहरुलाई टि.आर विश्वकर्माको जिवनबाट पाठ सिक्न सम्बद्ध पत्रकारहरुले बताएका छन । आइतबार राष्ट्रिय दलित पत्रकार संघ रुपन्देहीले टि.आर विश्वकर्माको ३१ औं स्मृति दिवसका अवसरमा बुटवलमा गरको कार्यक्रममा टि.आर विश्वकर्माले नेपाली पत्रकारीता र साहित्यमा पु¥याएको योगदान अमुल्य रहेको बताएका हुन ।
प्रेणा साप्ताहिक पत्रिकाको माध्ययमबाट स्वच्छ समाज निर्माण गर्ने नितरन्तर आवाज उठाउनु भएको थियो । दलितहरु व्यापक रुपमा राष्ट्रमा प्रतिनिधित्व हुनुपर्ने उहाँको विचार रहेको थियो ।
कार्यक्रममा स्व. टिआर विश्वकर्मासँग संगत गरेका तथा नेपाल भारत मैत्री संघका अध्यक्ष ओम प्रकाश रामदामले विश्वकर्माको राजनीतिक सक्रियता भएपनि पत्रकारिता र साहित्य नै उनको मूल कर्म भएको बताए ।
कार्यक्रममा राससका पूर्व अध्यक्ष तथा बरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईले नयाँ पुस्तालाई इतिहासबारे जानकारी गराउनुपर्ने बताए । उक्त अवसरमा बरिष्ठ पत्रकार नारायण सापकोटा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, दलित अगुवा जुद्ध विश्वकर्मा, राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय उपाध्यक्ष विनोद परियार, केन्द्रीय सदस्य सञ्जय सौगात, प्रेस संगठन रुपन्देहीका सचिव विष्णु पोखरेल, सल्लाहाकार सावि विश्वकर्माले बोल्दै पत्रकारिता क्षेत्रले इतिहासको खोजी गर्नुपर्ने बताए ।
कार्यक्रम संघका अध्यक्ष टंक सुनारको अध्यक्षता, सचिव सुरेश परियारको सञ्चालन तथा सहसचिव गोविन्द रसाईलीको स्वागतमा भएको थियो । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल केन्द्रीय समितिले पत्रकार स्व. टि.आर. विश्वकर्माको स्मृतिमा ५ लाखको अक्षयकोष स्थापना गरि पुरस्कार प्रदान गर्दै आएको छ । 

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij