देवदह । लुम्बिनी प्रदेश स्काउटको आयोजनामा देवदह नगरपालिका -४ भवानीपुरमा अवस्थित महामाया भवानी माविका ३२ जना विद्यार्थीलाई स्काउट पोशाक वितरण गरिएको छ।
पोशाक वितरण कार्यक्रममा बोल्दै देवदह नगरपालिका ४ का वडा अध्यक्ष दिपक चापागाईंले स्काउटले बिपदको बेलामा सामाजिक कामहरू गरेको भन्दै प्रसंशा गर्नु भएको थियो।वडा अध्यक्ष चापागाईंले नगरपालिका र आफ्नो तर्फ बाट स्काउटलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो।
नेपाल स्काउटका लुम्बिनी प्रदेश संयोजक दिनानाथ भट्टराईले लुम्बिनी प्रदेशमा रहेका १२ वटा जिल्लाका १२ वटा विद्यालयमा पोशाक वितरण गरिने बताए ।जस मध्य रुपन्देही जिल्ला बाट देवदहमा रहेको महामाया भवानी मावी छनोट भएको बताउदै भट्टराईले स्काउट शिक्षाले समाज र देशमा सकारात्मक परिवर्तनको लागि सहयोग पुग्ने बताए । देशभरका ७ सय ५३ वटै स्थानीय तहका १३ हजार विद्यालयमा स्काउट पोशाक पुर्याउने गरि संघीय सरकारले योजना बनाएको भट्टराईले बताउनुभयो।
नेपाल स्काउट लुम्बिनी प्रदेशका संयोजक दिनानाथ भट्टराईको प्रमुख आतिथ्यता,देवदह नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिपक चापागाईंको बिशिस्ट आतिथ्यता,स्काउट देवदहका संयोजक विकास गहतराजको आतिथ्यता र विद्यालयका प्राचार्य ऋषिश्वर अर्याल ज्युको अध्यक्षता, विद्यालयका स्काउट शिक्षक हरिकला बश्याल र नेपाल स्काउट लुम्बिनी कार्यालय प्रमुख तारा पुरिको उपस्तिथिमा पोसाक वितरण गरिएको हो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij