देवदह । क्यानभासमा ऐतिहासिक देवदह कार्यशाला ड्रिम देवदह युनिटि फर चेन्जको आयोजना, पर्यटन डिभिजन कार्यालय रुपन्देहीको सह आयोजना, लुम्बिनी विकास कोषको पर्वन्दन र देवदह नगरपालिकाको संरक्षकत्वमा बैशाख २८ गतेदेखि शुरु भएको छ।








देवदह ९ घोडाहा स्थित खयर डाडाँमा दुई दिन सम्म कलाकारहरुले आफ्नो कला प्रस्तुत गर्नेछन् । क्यानभासमा बौद्ध संग सम्बन्धित तस्बिर उतार्दै कलाकारहरूले प्राचीन बौद्ध मन्दिरहरू, बौद्ध चित्रकला, र बौद्ध धर्मका ऐतिहासिक घटनाहरूको चित्रण गरेका छन् ।


२४ जना कलाकारहरूले प्राचीन कोलिय राज्यको राजधानी देवदह, बुद्ध र बुद्ध मावली सङ्ग सम्बन्धित चित्र कुदिरहेका छन् ।




यस अगाडि ड्रिम देवदहले गौतम बुद्द पार्कमा काष्ठकला कार्यशाला, देवदहको स्मृति बन बाटिकामा मूर्तिकला कार्यशाला सम्पन्न गरेको ड्रिम देवदहका अध्यक्ष सिद्दिचरण भट्टराईले बताउनुभयो ।




Copyright © All right reserved to Lumbini Pana Site By: Sobij