काठमाडौं- आज साँझ खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा ललितपुरमा चार जनाको मृत्यु भएको छ।
ललितपुर महानगरपालिका-१२ स्थित चक्रबहिलमा साँझ ६:४५ बजे भएको उक्त दुर्घटनामा परी अन्य दुई जना घाइते भएको ललिपुरकी एसएसपी किरण बज्रचार्यले जानकारी दिएकी छन्।
उनका अनुसार घरको तेस्रो तलामा सिलिण्डर पड्किएको थियो। सिलिण्डर के कारणले पड्कियो भन्ने खुलिनसकेको एसएसपी बज्रचार्यले बताइन्।मृत्यु भएकामध्ये ६५ वर्षीय लक्ष्मीप्रसाद ताम्राकारको मात्र पहिचान खुलेको उनले जानकारी दिइन्।
म्ह: पूजाको तयारी गर्दै गर्दा उक्त दुर्घटना भएको बताइएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij