बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

उदयपुरका सरोजले जिते भिडियो वाचन प्रतियोगिताको उपाधि

उदयपुरका सरोजले जिते भिडियो वाचन प्रतियोगिताको उपाधि

images
  • 597
    SHARES

  • images
    images
    images
    उदयपुरका सरोजले जिते भिडियो वाचन प्रतियोगिताको उपाधि
    images
    images
    images

    गुराँस मिडिया। सामाजिक संजाल फेसबुकमा सक्रिय ग्रुप मगर संसार फोटो ग्यालरीद्वारा आयोजित ३६ औ माघे संक्रान्ति बिशेष भिडियो बाचन प्रतियोगिता २०७८ सम्पन्न भएको छ।

    "माघ्या सकराटिको महत्व र किन मनाइन्छ ?भन्ने शीर्षकमा आयोजना गरिएको भिडियो बाचन प्रतियोगितामा देश भर बाट ८ जना प्रतियोगिको सहभागीता रहेको थियो।  उक्त प्रतियोगितामा सबै प्रतियोगीलाई पछि पार्दै उदयपुर (हाल काठमाडौं )बस्ने सरोज किङरिङ मगर प्रथम  हुन सफल भएका छन्। 

    images
    images
    images

    त्यसै गरी नवलपुर मध्यबिन्दु चोरमाराका एन्जिला थापा सारू मगर दोस्रो र रोल्पाकी अनिता बुढा मगर तृतीय हुन सफल भएका छन्। ५० प्रतिशत जनताले दिएको लाइक र ५० प्रतिशत जजको निर्णयको आधारमा नतिजा सार्बजनिक गरिएको थियो।प्रतियोगिता पुस २५ गते देखी सुरु भई पुस २९ गते सम्पन्न भएको र पुस ३० गते नतिजा सार्बजनिक गरिएको थियो।

    मूल्यांकन समितीमा जजको भूमिकामा श्याम राना मगर(पत्रकार),मन मास्की राना मगर(एडमिन) र दीपा चितौरे राना मगर(एडमीन) ले गर्नु भएको थियो।

    प्रतियोगितामा प्रथम हुनेले नगद ४ हजार र सम्मान पत्र,दोस्रो हुनेले नगद ३ हजार र सम्मान पत्र र तेस्रो हुनेले नगद २ हजार र सम्मान पत्र प्राप्त गर्ने छन।प्रतियोगिता सफल पार्न पुरस्कार सौजन्य यम थापा / सुशिला थापा मगर तनहु हाल (बेलायत) रु. ९ हजार  ,पी.एम ज्ञाङमी मगर पाँचथर हाल (कोरिया)रु.५,०००,लालू आले मगर पाल्पा हाल मलेशिया रु.५ हजार र अनिता रोका मगर म्याग्दी हाल काठमाडौं रु. २ हजार रुपैंया सहयोग गर्नु भएको थियो।

    मगर संसारका संस्थापक संयोजक अनिल लामिछाने मगरले प्रतियोगिताले समाजमा एउटा सकारात्मक संदेश दिन सफल भएको र आगामी प्रतियोगिता मगर संसार डान्स आईडल हुने जानकारी दिनुभएको छ। 

    पुष्पा मगर संगको कुराकानी हेर्नुहोस 

     

    कार्यक्रम सम्बन्धि जानकारी 

    प्रतियोगितामा बीजेता ,उपविजेता र सहभागी प्रतियोगीहरुले प्राप्त गरेको मत यस प्रकार छ। 

    #प्रथम बिजेता बन्न सफल #उदयपुर का सरोज किङरिङ
    ----------------------------------------------
    ✅ नाम:- सरोज किङरिङ मगर
    ✅ स्थान:- प्रथम बिजेता
    ✅ ठेगाना :- उदयपुर हाल ktm
    ✅ पुरस्कार :- रु.४,००० /- + सम्मान पत्र
    ✅ प्राप्त मत :- ७३.७५ अंक
    (like बाट ३२ अंक + जज बाट ४१.७५ अंक)

    #दोस्रो बिजेता बनीन #नवलपुर की एन्जिला थापा सारू
    ----------------------------------------------
    ✅ नाम:- एन्जिला थापा सारू मगर
    ✅ स्थान:- दोस्रो बिजेता
    ✅ ठेगाना :- नवलपुर जिल्ला मध्यबिंदु चोरमारा
    ✅ पुरस्कार :- रु.३,००० /- + सम्मान पत्र
    ✅ प्राप्त मत :- ६८.२५ अंक
    (like बाट २४ अंक + जज बाट ४४.२५ अंक)

    #तेस्रो बिजेता बनीन #रोल्पाकी अनिता बुढा मगर
    ---------------------------------------------
    ✅ नाम:- अनिता बुढा मगर
    ✅ स्थान:- तेस्रो बिजेता
    ✅ ठेगाना :- रोल्पा
    ✅ पुरस्कार :- रु.२,००० /- + सम्मान पत्र
    ✅ प्राप्त मत :- ६३.२५ अंक
    (like बाट २२ अंक + जज बाट ४१.२ अंक

    #Top 4 बन्न सफल #गुल्मी की अप्सरा भुजेलमगर
    ----------------------------------------------
    ✅ नाम:- अप्सरा भुजेल मगर
    ✅ स्थान:- Top 4
    ✅ ठेगाना :- भार्से गुल्मी हाल ललितपुर 
    ✅ प्राप्त मत :- ६१ अंक

    (like बाट २० अंक + जज बाट ४१अंक)

    #Top 5 बन्न सफल #तनहुँ की सूजना रानामगर
    ----------------------------------------------
    ✅ नाम:- सूजना राना मगर
    ✅ स्थान:- Top 5
    ✅ ठेगाना :- तनहु जिल्ला शुक्लागण्डकी -२ नर्सरी
    ✅ प्राप्त मत :- ५४.५ अंक

    (like बाट १२ अंक + जज बाट ४२.५ अंक)

    #Top 6 बन्न सफल #धादिङ की ममिता रानामगर
    ----------------------------------------------
    ✅ नाम:- ममिता राना मगर
    ✅ स्थान:- Top 6
    ✅ ठेगाना :- धादिङ हाल ktm
    ✅ प्राप्त मत :- ५४ अंक

    (like बाट १२ अंक + जज बाट ४२ अंक)

    #Top 7 बन्न सफल #रूपनदेही की अस्मिता हितनमगर
    ----------------------------------------------
    ✅ नाम:- अस्मिता हितन मगर
    ✅ स्थान:- Top 7
    ✅ ठेगाना :- देवदह, दाउने रूपनदेही
    ✅ प्राप्त मत :- ५१.५ अंक

    (like बाट ८ अंक + जज बाट ४३.५ अंक)

    #Top 8 बन्न सफल #तनहुँ का नबिन थापामगर
    ----------------------------------------------
    ✅ नाम:- नबिन थापा मगर
    ✅ स्थान:- Top 8
    ✅ ठेगाना :- तनहु रिसिङ
    ✅ प्राप्त मत :- ४७.२५ अंक

    (लाइक बाट ८ अंक + जज बाट ३९.२५अंक)

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij