शिक्षा
बुटवल। रुपन्देहीको बुटवलमा अवस्थित कालिका मानवज्ञान मावि अन्तर्राष्ट्रिय स्कुल अवार्ड बाट सम्मानित भएको छ।
विद्यालयले गर्दै आएका क्रियाकलापका आधारमा पाउने अवार्डबाट यस अघि पनि कालिका मानवज्ञान मावि सम्मानित भएको थियो।

हरेक तीन–तीन वर्षमा अवार्डको अवधि सकिने हुँदा विद्यालयले अवार्ड पाइसकेपछि यसलाई निरन्तरता दिनु निकै चुनौतीपूर्ण रहेको विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष होम बहादुर गलामीले बताए।विद्यालयले गर्दै आएको शैक्षिक गतिबिधि,अतिरिक्त क्रियाकलाप र बिद्यार्थी संख्या लगायत आधारमा मुल्यांकन गरि बिद्यालय छनोट भएको अध्यक्ष गलामीले बताए । विद्यालयले अन्तर्राष्ट्रियस्तरको अवार्ड पाएको भन्दै खुसी व्यक्त गरे ।
आगामी दिनमा पनि यसलाई निरन्तरता दिनका लागि हरप्रयास जारी राख्ने उनको भनाइ छ । उक्त अवार्डबाट विद्यार्थीहरुलाई बाह्य ज्ञान र सीपसम्बन्धी जानकारी हुने हुँदा विद्यालयको शैक्षिक विकासमा टेवा पुग्ने उनले विश्वास दिलाए । विसं २०१८ सालमा स्थापना भएको विद्यालयमा ८ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij