बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

हिमपातले सुदूर पहाडी जिल्लाको जनजीवन कष्टकर

हिमपातले सुदूर पहाडी जिल्लाको जनजीवन कष्टकर

images
  • 542
    SHARES

  • images
    images
    images
    हिमपातले सुदूर पहाडी जिल्लाको जनजीवन कष्टकर
    images
    images
    images

    गुराँस मिडिया। बदलिँदो मौसमका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा बिहीबार साँझदेखि परेको हिमपातले जनजीवन प्रभावित भएको छ। हिमपातका कारण तराईपहाड आवातजावत गर्ने सवारी साधन बीच बाटोमै अलपत्र परेका छन्। हिमपात जारी रहेकाले यातायात सञ्चालन गर्न कठिनाइ भइरहेको छ।

    बिहीबारदेखि लगातारको हिमपातका कारण विभिन्न पहाडी राजमार्गहरुमा सयौँ यात्रु अलपत्र परेका छन्। मौसम बदली भई लागातार भइरहेको हिमपातले जनजीवन कष्टकर हुनाका साथै यातायातका साधन बन्दले गर्दा यात्रु बीच बाटोमै अलपत्र परेका हुन्। हिमपातका कारण भीमदत्त राजमार्गको साउखर्क, हगुल्टे, गैरा लगायतका क्षेत्रमा यात्रुहरु कष्टकर जीवनयापन गरिरहेका छन्।

    images
    images
    images

    हिमपातले बन्द रहेको राजमार्ग खुलाउन स्थानीय तहका डोजर प्रयोग गरिएको छ। जिल्लाको उच्च लेकाली भाग अनारखोली, भालुमारे, साहुखर्क, हगुल्टेलेक, महाभारत  लेकका विभिन्न स्थानमा बाक्लो हिमपात भएको  छ। लामो समयपछि डडेल्धुरामा माघ महिनामा हिमपात भएको स्थानीयवासीको भनाइ छ। निरन्तर हिमपात भई नै रहेको छ। याततयात पुनः सञ्चालन गर्नका लागि डोजरको प्रयोग भए पनि बाटो खुलाउन भने सहज नभएको अमरगढी नगरपालिकाका प्रमुख विशेश्वरप्रसाद ओझाले जानकारी दिए।

    तीन वर्षपछिको भारी हिमपात हुँदा डडेल्धुरामा स्थानीयवासी रमाउन थालेका छन्। बिहानदेखि हिउँसँग खेल्नेको भीडले हिउँ परेका क्षेत्र भरिभराउ छन् । गर्मी सुरु हुनै लाग्दा भएको हिमपातले पुनः चिसो बढेको छ। हिमपातसँगै उच्च लेकाली भेगसहित जिल्ला सदरमुकाम क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयवासी प्रेमबहादुर महरले बताए। 

    लगातारको हिमपातसँगै सेताम्मे भएका डाँडापाखामा हिउँमा रमाउने युवायुवतीहरुको ताँती छ । हरेक वर्ष हुने हिमपातलाई पर्यटनका रुपमा डडेल्धुरालाई चिनाउन सके हिमपातको समयमा भारतीय तथा नेपाली पर्यटक तान्न सकिने स्थानीयवासी महरको भनाइ छ। हिमपातले जनजीवन कष्टकर भए पनि कृषक भने हर्षित छन्। हिउँका कारण खेतीपाती राम्रो हुने भन्दै कृषक हर्षित बनेका हुन्।

     

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, माघ २१ २०७८०४:२६:१५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij