कृषि देखि अटोमोबाइल सम्म ,यस्ता छन देवदह व्यापार मेलाका बिशेषताहरु
कृषि देखि अटोमोबाइल सम्म ,यस्ता छन देवदह व्यापार मेलाका बिशेषताहरु
1.8K
SHARES
माघ १०गुरास अनलाइन ,देवदह व्यापार संघको मुख्य आयोजनामा देवदहमा यहि माघ १५ देखि २६ गते सम्म छैठौ रास्ट्रिय देवदह औधोगिक व्यापार मेला कृषि तथा प्रयटन महोत्सब हुदैछ ।हरेक बर्ष देवदहमा रहेका तिन ओटा ब्यापारिक सस्थाले आलोपालो व्यापार मेला संचालन गर्दै आएका छ्न ।जस अन्तर्गत यसपटक देवदह व्यापार संघले मेलाको आयोजना गर्दैछ ।
औधोगीकरण ,व्यापार विविधिकरण ,पर्यटन प्रबर्दन एवम व्यवसायिक कृषि नै समृद्द रास्ट्रको आधार भन्ने मूल नारा सहित सम्पन हुन् गैरहेको व्यापार मेलामा यस पटक बिगतको भन्दा पृथक ढंगले र फरक फरक स्टलको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
यस पटकको मेलामा ताजा तरकारी तथा माछा ,दुग्ध तथा दुग्ध जन्य उत्पादनहरु ,बिउबिजन तथा मलखाद ,कृषि औजार ,प्रबिधि प्रदशनी ,जडिबुटी तथा औषधि बिक्रि वितरण ,छाला तथा छाला जन्य सामानहरु बिक्रि वितरण ,गार्मेन्ट ,मोबाइल ,सूचना प्रबिधि तथा सौर्य उर्जा ,इलेक्ट्रिक ,बैंक तथा बितिय सस्था फर्निचर तथा दैनिक उपभोग्य बस्तुहरु तथा अटोमोबाइल प्रदशन तथा बिक्रि वितरण र ख्याती प्राप्त रास्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहनेछ ।
दश करोड बराबरको आर्थिक कारोबार र छ लाख दर्शक भित्र्याउने लक्ष्य सहित मेला संचालन लागेको र कृषिको मात्रै दश ओटा स्टल दर्ता भैसकेको र अहिले सम्म दुइ सय बढी स्टल दर्ता भैसकेको आयोजकले गुरास मिडियालाई जानकारी दिएको छ ।