बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

समष्टिगत अर्थतन्त्रको अवस्था भयावह छैन: राष्ट्र बैंक

समष्टिगत अर्थतन्त्रको अवस्था भयावह छैन: राष्ट्र बैंक

images
  • 493
    SHARES

  • images
    images
    images
    समष्टिगत अर्थतन्त्रको अवस्था भयावह छैन: राष्ट्र बैंक
    images
    images
    images

    काठमाडौँ।  नेपाल राष्ट्र बैंकले मुलुकमा समष्टिगत अर्थतन्त्रको अवस्था भयावह नरहेको जनाएको छ। रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता गुणाकर भट्टले वित्तीय क्षेत्रमा देखा परेको तरलताले मुद्रास्फीतिमा दबाबका साथै मूल्य वृद्धिमा चाप परेकाले अर्थतन्त्रमा केही प्रभाव परेको भए पनि अर्थतन्त्रका आधार त्यति कमजोर नरहेको बताए।

    रुस र युक्रेनको युद्धका कारण विश्व अर्थतन्त्रमा प्रभाव परेको बताउँदै उनले भने, “यसको प्रभाव मुलुकमा देखिएको छ। उत्पादन क्षेत्रमा आवश्यक कच्चापदार्थको आपूर्ति प्रभावित भएको छ। आपूर्ति प्रणालीलाई समस्या परेको छ।

    images
    images
    images

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि पनि भएको बताउँदै निर्देशक भट्टले विदेशी विनिमय सञ्चिति गत वर्षको तुलनामा केही कम भएको भए पनि डराउनुपर्ने अवस्था नरहेको तथा कोभिडपछि विश्व अर्थतन्त्र सामान्य अवस्थामा जाने क्रममा रहेकाले त्यसको सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।

    विदेशी विनिमय सञ्चितिलाई संरक्षण गर्न अन्तर्राष्ट्रिय तहबाट हुने विलासी वस्तु आयातमा कडाइ गरिएको बताउँदै उनले भने, “गत वर्ष हामीसँग १२ महिनाको वस्तु तथा सेवा आयात धान्नसक्ने वैदेशिक मुद्राको सञ्चिति थियो। अहिले साढे छ महिना धान्नसक्ने अवस्थामा छ। शोधान्तरण स्थिति र भुक्तानी सन्तुलन हेर्दा मुलुकबाट बाहिर रकम बढी गएकाले सञ्चितिमा दबाब छ।” शोधान्तरण स्थिति २४७ अर्बले घाटामा छ। 

    निर्देशक भट्टले गत आवमा ५० अर्बको चामल आयात गरेको तथ्याङ्क उल्लेख गर्दै यो वर्षको आठ महिना मात्रै हेर्दा ३७ अर्बको चामल आयात भएको जानकारी दिए। उनले चालू आवको दोस्रो चौमासिकमा करिब २७ अर्बको तरकारी, १६ अर्बको फलफूल आयात गरेको बताए।

    उनले आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किएकाले वस्तु, सेवा र कर्जाको माग बढेको बताउँदै अहिले पर्यटन क्षेत्र सलबलाउन थालेको, प्रत्यक्ष विदेशी लगानीमा राम्रो प्रभाव आएको, विप्रेषण सुधारोन्मुख रहेको जानकारी दिए। निर्देशक क्रिप्टो करेन्सीको कारोबार अध्ययन गर्न अर्थ मन्त्रालयले कार्यदल बनाएको र सोहीअनुसार कार्य अगाडि बढेको बताए।

     

     

     

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, चैत्र २५ २०७८०७:४८:००
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij