बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

जनताको सेवाका लागि काम गरी अगाडि बढ्नुहोस् :प्रदेश प्रमुख शेरचन

जनताको सेवाका लागि काम गरी अगाडि बढ्नुहोस् :प्रदेश प्रमुख शेरचन

images
  • 240
    SHARES

  • images
    images
    images
    जनताको सेवाका लागि काम गरी अगाडि बढ्नुहोस् :प्रदेश प्रमुख शेरचन
    images
    images
    images

    बुटवल। लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले जनताको जनप्रतिनधीहरु जहिले पनि जनताको जीवनस्तर परिवर्तनका लागि सेवा प्रवाह गर्न निर्देशन गर्दै लुम्बिनी प्रदेश भित्रका स्थानीय तहका जनप्रतिनिधीहरुले समृद्ध लुम्बिनी निर्माणका लागि लाग्न निर्देशन गर्नुभयो । उहाँले जनताको जीवन स्तरका लागि जस्तो सुकै चुनौतीको सामना गरेर भए पनि काम गर्नका लागि अनुरोध गर्नुभयो । उहाँले यस्तो कुरा लुम्बिनी सरकारले आयोजना गरेको लुम्बिनी प्रदेशका १०९ स्थानीयतहका जनप्रतिनिधीहरुलाई बधाई तथा शुभकामना एवं शासन सञ्चालन सम्बन्धी अन्तक्रिया कार्यक्रममा कपिलपबस्तुमा बताउनुभएको हो ।  
     
    प्रदेश प्रमुख अमिक शेरचनले संविधानले स्थानीयत सरकार, प्रदेश, संघीय सरकारलाई संविधानले प्रदान गरेको अधिकारलाई पालना गर्दै सहकार्य, सहअस्थित्वको भावनालाई अगाडि बढाएको बताउँदै संविधानको पूर्ण पालना गर्दै जनताको सेवा गर्नका लागि अनुरोध गर्नुभयो ।प्रदेश प्रमुख अमिक शेरचन जनताले दिएको मतको कदर गर्दै अर्काे कार्यकालमा पनि जनताले फेरी निर्वाचित गराउने गरी काम गर्नका लागि आग्रह गर्दै भन्नुभयो:–“सक्नुहुन्छ भने राम्रो काम गर्नुहोस् सक्नु हुन्न भने पनि जनताले खवरदारी गर्ने गरी काम नगर्नका लागि अनुरोध गर्नभयो । प्रदेश प्रमुख अमिक शेरचनले संघ, प्रदेश, स्थानीयतहको सरकार मध्ये जनताको घर दैलोको सरकार स्थानीय सरकार भएकाले गर्दा जनतालाई सेवा प्रवाह गर्नका लागि अनुरोध गर्नुभयो । उहाँले जनप्रतिनिधीहरुले सधै आफ्नो स्थानीयतहका प्रतिनिधीहरुको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । 

    यस्तै कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद के.सी.ले लुम्बिनी प्रदेशका १०९ स्थानीयतहलाई समन्वय गरी लुम्बिनी प्रदेशबासी जनताको जीवनस्तरलाई आमूल परिवर्तन गर्नका लागि अनुरोध गर्नुभयो । लुम्बिनी प्रदेश सरकार समृद्धि प्रदेश आत्मनिर लुम्बिनी बनाउनका लागि  प्रदेश सकरारका लागि रहेको बताउनुभयो । उहाँले जनताको सबैभन्दा तल्लो तहको सरकार स्थानीयतहरु नै भएकाले जनताको सुख, दुखमा साथ दिनका लागि अनुरोध गर्नुभयो । 
     
    उहाँले जनताले दिएको मतको सम्मान गर्दै आम जनतालाई सेवा प्रवाह गर्नका लागि जनताको मागका आधारमा गर्नका लागि अनुरोध गर्दै जनताको आधारभूत आवश्यकताका आधारमा प्राथमिकतको योजना निर्माण गर्नका लागि बजेट प्रदान गर्नका लागि अनुरोध गर्नुभयो ।  मुख्यमन्त्री केसीले प्रदेश सरकारले १०९ स्थानीयतहलाई समन्वय गरी अभिभाकत्व ग्रहण गर्दै अगाडि बढ्ने कुरामा सधँै दृढ रहेको बताउँदै लुम्बिनीका आम जनताको समस्या बुझेर प्रदेश सरकारलाई रिपोटिङ गर्ने र प्रदेश सरकारले त्यसलाई सम्वोधन गर्ने बताउनभयो । उहाँले राज्यका हरेक निकायमा जनताको सहभागीता र पहुँच पुर्‍याउनको लागि सबैले सबैले ध्यान दिनुपर्ने बताउँदै जनताको हरेक विकास निर्माणलाई ध्यान दिएर अगाडी बढ्नका लागि अनुरोध गर्नुभयो । 

    images
    images
    images

    कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख पुर्णबहादुर घर्तीले जनताको जीवन स्तरमा आमूल परिवर्तनका लागि अगाडी बढ्नका लागि अनुरोध गर्दै जनताको प्रतिनिधीले सधै जनताप्रति उत्तदायित्वलाई पूरा गर्नका लागि अगाडी बढ्न अनुरोध गर्नभभयो । सभामुख पूर्ण घर्तीमगरले आफूले गरेमा सबैकुरा सम्भव हुने बताउँदै जनताको लागि नै अरोहरात्र काम गर्नका लागि अनुरोध गर्दै जनताले नै सत्तामा पुर्‍याएकोले सधै जनतालाई जीवन बदल्नका लागि अगाडि बढाउनुनका लागि अनुरोध गर्नुभयो । सभामुख पूर्ण घर्तीमगरले समाज उन्मुख अर्थव्यवस्था निर्माण गर्नका सबैले ध्यान दिदैँ जनताको पुजी अर्थतन्त्र निर्माणका लागि सबै जनप्रतिधिीहरु एक हुनु पर्ने बताउनुभयो । सके राम्रो गर्ने होइन भने नराम्रो काम नगर्नका लागि अनुरोध गर्नुभयो । 


    अन्तरक्रियामा संघीयताका विज्ञ खिमलाल देवकोटाले स्थानीय तह शासनको सुधार गर्नका लागि आम जनतालाई समुचित विकास र अधिकारको समुचित वितरण गरेर आम जनतालाई सरकारसम्म जोड्ने नै भएकोले गर्दा संघीयलाई बलियो बनाउने तिर लाग्नुपर्ने बताउनुभयो । लुम्बिनी प्रदेशले नेपालको संघीयतालाई नमूना बनाउनको लागि सकेजति पहल गरेको बताउनुभयो । 

    नेपाल सरकारका पूर्व प्रमुख सचिव लिलामणी पौडेलले संघीयताको मर्म र भावनाको विकासलाई अगाडि बढाउँदै काम गर्नका लागि सबैलाई अनुरोध गर्नुभयो । जनताको विकास जनतालाई प्रदान गर्नका अनुरोध गर्दै आम जनतालाई सेवा प्रवाह गर्दा प्राथमिकताका आधारमा गर्नुपर्ने बताउनुभो । कार्यक्रममा १०९ स्थानीय तहका प्रमुख तथा उपाध्यक्षहरुको सभागीता रहेको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव डिल्लीराम शर्माले स्वागत गर्नुभएको थियो भने सञ्चालन सचिव नरेन्द्र रानाले गर्नुभएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij