काठमाडौं। रेस्टुरेन्टमा इन्टर्नसीप गर्न गएकी विद्यार्थी बलात्कृत भएकी छन्। काठमाडौंको हात्तिसारमा अवस्थित नेपाल हाउस रेस्टुरेन्टमा इन्टर्नसीपका लागि गएकी २१ वर्षीया विद्यार्थी बलात्कृत भएकी हुन्।
गेट कलेजमा होटल म्यानेजमेन्ट पढ्दै गरेकी उनी अन्य पाँचजना विद्यार्थीसँगै रेस्टुरेन्टमा इन्टर्नसीपका लागि गत शुक्रबार नेपाल हाउस पुगेकी थिइन्। शुक्रबार रेस्टुरेन्टका सञ्चालक क्षितिज लामिछानेको वैवाहिक वर्षगाँठको अवसरमा पार्टी आयोजना गरिएको थियो।
पार्टी चलिरहेकै अवस्थामा रेस्टुरेन्टका वेटर जीवन केसीमाथि ती विद्यार्थीलाई बाहिर बोलाएर बलात्कार गरेको आरोप लागेको छ। राति साढे १० बजे ‘स्मोकिङ जोन’मा लगेर बलात्कार गरेको पीडित विद्यार्थीले प्रहरीसमक्ष बयान दिएकी छन्। प्रहरीले केसीलाई शुक्रबार राति नै प्रक्राउ गरेको बताएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij