देवदह। नेपाल औषधि व्यावसायि संघ रुपन्देही जिल्ला शाखाको बार्षिक कार्ययोजना देवदह २ एकता होटलमा सम्पन्न भएको छ ।
औषधिको क्षेत्रगत खुद्रा भेला (देवदह न पा. ) क्षेत्र जिल्ला शाखाका अध्यक्ष सुरज भट्टराईको अध्यक्षतामा संचालित कार्यक्रममा प्रदेश कार्यसमिति सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज इन्द्र प्रसाद भट्टराई ज्युको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा खुद्रा तर्फका संयोजक सचिव नारायण थापा , जिल्ला शाखाकाउपाध्यक्ष पदाधिकारी एबम सदस्य ज्युहरु ,शाखाका कानुनी सल्लाहकार अधिबक्ता युबराज घिमिरे , देवदह क्षेत्रका खुद्रा व्यावसायिहरुको उपस्थिति कार्यक्रम सम्पन्न गरिएको औषधि व्यवसायी दिपक पौडेलले जानकारी दिनुभयो ।
व्यावसायिक सम्बन्ध बिस्तार एबम व्यावसायिक समस्याका बिषयमा छलफल गर्ने उदेश्यले राखिएको उक्त कार्यक्रममा व्यावसायिहरुले उठाएका समस्याहरुलाई कार्यक्रमका अध्यक्ष सुरज भट्टराई ज्युले सम्बोधन गर्नु भएको थियो ।त्यस्तै अधिबक्ता युबराज धिमिरे ज्युले उठेका बिषयलाई औषधि व्यावसायी संघको क्षेत्राधिकार यसले गर्न सक्ने सहयोग संम्वन्धित निकाय लाई पहल गरिने र व्यावसायि आफैले पनि ब्यबस्थित र मर्यादित भएर संचालन गर्नु पर्ने कुरामा प्रकाश पार्नु भयो । संचालित कार्यक्रममा करिब ३० जना व्यावसायिहरुको उपस्थिति रहेको थियो ।
संस्थाका महासचिव पुरुषोत्तम भट्टराईले संचालन गर्नु भएको कार्यक्रममा संयोजक नारायण थापाले स्वागत मन्तव्य राख्नु भएको थियोे । यसैगरी प्रमुख अतिथि ज्युले रुपन्देही जिल्लाले उत्कृष्ट काम गर्दै आएको र व्यावसायिको हक हितका लागी प्रदेशले सक्दो पहल गर्ने कुरा बताउनु भयो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij