देवदह। रुपन्देहीको देवदहमा नि:शुल्क आँखा शिविर तथा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सङ्गम युवा क्लब र चाहाना आमा समूहको आयोजनामा तथा बुटवल लायन्स आँखा अस्पतालको प्राविधिक सहयोग, नेपाल रेडक्रस सोसाइटी देवदह शाखा र उज्यालो लाल्टिन प्रतिष्ठानको सहकार्यमा देवदह ३ सेमहरहनामा नि:शुल्क आँखा शिविर तथा बृहत रक्तदान कार्यक्रम कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै देवदह नगरपालिकाका नगर प्रमुख धुब्र प्रसाद खरेलले समाज रुपान्तरणमा युवाहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। प्रमुख अतिथि समेत रहेका खरेलले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान तथा आखाँ शिविर कार्यक्रमको आयोजना गर्नु प्रशंसनीय भएको बताउंदै आगामी दिनमा पनि यस्ता खालका सामाजिक कार्यहरुलाई निरन्तरता दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा देवदह नगरपलिका उप-प्रमुख विद्या लक्ष्मी गुरुङ,वडा नम्बर ३ का वडा अध्यक्ष यज्ञ प्रसाद अर्याल लगायतले मन्तब्य व्यक्त गर्दै क्लबले आयोजना गरेको सामाजिक कार्यको प्रसंशा गर्नुभएको थियो।
बृहत रक्तदान कार्यक्रम बाट ४४ युनिट रगत संकलन भएको र आँखा शिविरबाट २५० जनाको नि:शुल्क आँखा परिक्षण गरिएको क्लबका अध्यक्ष कबि ज्ञवालीले जानकारी दिनुभयो। परिक्षण गरिएका मध्ये २५ जना मोतियाविन्दुका विरामी भेटिएको र उनिहरुलाई क्लबले यातायातमा सहुलियत सहित नि:शुल्क शल्यक्रीयाको व्यवस्था मिलाउने अध्यक्ष ज्ञवालीले बताउनुभयो।
बिक्रम सम्बत २०५७ सालमा क्लब स्थापना भएको क्लबले पछिल्लो समय निरन्तर रुपमा सामाजिक कार्यहरू गर्दै आएको क्लबका सचिव प्रीतम थापाले बताउनु भयो।यस अघि पनि क्लबले विभिन्न जनचेतना मुलक कार्यक्रम,भलिबल प्रतियोगिता,तिज गित प्रतियोगिता तथा रक्तदान तथा नि:शुल्क रुपमा शिविरहरु संचालन गर्दै आएको छ।
कार्यक्रम संगम युवा क्लबका अध्यक्ष कवि ज्ञावालीको अध्यक्षता , चहाना आमा समुहको उपाध्यक्ष विष्णु ज्ञवाली बुढामगरको स्वागत र क्लबका सचिब प्रीतम थापाको सञ्चालनमा भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij