(मगर संसार द्वारा १२३ जना बिरामिलाई सहयोग प्रदान)
मगर समुदायको लोकप्रिय ग्रुप मगर संसार फोटो ग्यालरी ग्रुप/पेजले पाल्पाकी मृगौला पिडित विरामी सुमि सरा रासकोटी मगरलाई आर्थिक सहयोग गरेको छ। भेषभूषा,भाषा,लिपि,धर्म,संस्कार संस्कृतिलाई संरक्षण गरौं, विश्व भरिका मगरलाई एकजुट गराउ र दिन, दुखी,गरीब,अशक्त आर्थिक कमजोर बिरामिलाई सहयोग गरौ,भन्ने मूल नाराका साथ स्थापित यस ग्रुपले मृगौला पिडित विरामीलाई आर्थिक सहयोग गरेको हो।
ग्रुप/पेजका संस्थापक अध्यक्ष अनिल लामिछाने मगर को बिशेष पहलमा संकलित १६ हजार ९ सय ५१ रुपैंया सहयोग रकम मगर संसार फोटो ग्यालरी मार्फत आर्थिक अवस्था नाजुक दुबै मृगौला पिडित पाल्पा जिल्ला तिना ५ चरचरे निवासी सुमि सरा रासकोटी मगरलाई सहयोग प्रदान गरिएको हो।
सहयोग रकम ग्रुपका सक्रिय सदस्य/ संचारकर्मी/ तथा यस मगर संसारले आयोजना गरेको एकल लोक गायन प्रतियोगिताकी प्रथम बिजेता बनेकी मुना लम्तरी मगरको हात बाट हस्तान्तरण गरेको थियो ।
सहयोग पठाउनु सहयोगी दाताहरु निम्न लिखित छन्।
1) कृष्ण मान घर्ति मगर - दाङ घोराही हाल कोरिया - कोरियन 25,000 /- वन
2) प्रेम सारू मगर - देवदह खैरेनी रूपनदेही हाल कोरिया - कोरियन 25,000 वन
3) रोशन थापा मगर - लेखनाथ पोखरा हाल दुबई रु.५,०००/-
4) मगर संसारका संस्थापक अध्यक्ष अनिल लामिछाने मगर ज्यूँ को जन्मदिनको दिन केक नकाटि केकको पैसा सहयोग कोरियन 30,000 वन
5) सूर्य घर्ति मगर - निसिखोला 1 बागलूङ हाल रोमाननिया रु.४,४५१/-
टोटल कोरियन 80,000 वन(रु.७,५००/-)
नेपालमा जम्मा भएको नेपालि रकम रु.४,४५१/-
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij