बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

मृत्युअघि हात हल्लाएको उत्कृष्ट तस्वीरः पत्रकारले आफुले पाएको पुरस्कार बालककी आमालाई दिए ।

मृत्युअघि हात हल्लाएको उत्कृष्ट तस्वीरः पत्रकारले आफुले पाएको पुरस्कार बालककी आमालाई दिए ।

images
  • 1.9K
    SHARES

  • images
    images
    images
    मृत्युअघि हात हल्लाएको उत्कृष्ट तस्वीरः पत्रकारले आफुले पाएको पुरस्कार बालककी आमालाई दिए ।
    images
    images
    images

    फागुन १५ , फोटो पत्रकारहरूको समूह (पिजे क्लव) द्वारा आयोजित आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ मा छानिएका उत्कृष्ट तस्वीरहरुको प्रदर्शनी सुरू भएको छ।
    काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरू भएको प्रदर्शनीको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरे।

    1581081476Photo_Of_The_Year_2076.jpg

    प्रदर्शनीको उद्घाटन कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले फोटो पत्रकारितालाई व्यवसायिक र मर्यादित बनाएर लैजान पिजे क्लबको भूमिका महत्वपूर्ण भएको बताए।

    फोटो खिचेर पनि आर्थोपार्जन गर्न सकिने गरी यस क्षेत्रको विकास हुनुपर्ने उनको भनाइ छ। एउटा फोटोले धेरै कुराको सन्देश दिने भएकाले पनि फोटो पत्रकारिताको भविष्य उज्वल भएको उनले बताए।
    कार्यक्रममा आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ को उपाधि विजेता नभेष चित्रकारले आफूले प्राप्त गरेको पुरस्कार रकम आफूले फोटो खिचेको बालकको आमालाई नै हस्तान्तरण गरे।

    ‘फोटो अफ द इयर’ विजेता भएवापत उनले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए।
    हाइड्रोसेफालुस रोगका कारण अकालमै मृत्युवरण गरेका बरियारपुर रौतहटका दुई वर्षीय बालक बजरंगी मिश्रले आफ्नो आमालाई मृत्युपहिले हात हल्लाउँदै गरेको तस्वीर चित्रकारले खिचेका थिए। सोही तस्वीर फोटो अफ द इयर घोषित भएको थियो।

    88316120_2588306764734428_1216504221931667456_n.jpg

    images
    images
    • बिहिवार, फाल्गुण १५ २०७६०३:१२:५५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij