सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

पाल्पाको रिमिघा लेकमा भेटिएको वनस्पति यार्सागुम्बा भएको पुष्टि

पाल्पाको रिमिघा लेकमा भेटिएको वनस्पति यार्सागुम्बा भएको पुष्टि

images
  • 1.1K
    SHARES

  • images
    images
    images
    पाल्पाको रिमिघा लेकमा भेटिएको वनस्पति यार्सागुम्बा भएको पुष्टि
    images
    images
    images

    लुम्बिनी पाना,  पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोट र वडा नं ३ स्थित रिमिघा लेक क्षेत्रमा यार्सागुम्बा फेला परेको छ । डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईका अनुसार प्रयोगशालामा परीक्षण गर्दा उक्त वस्तु यार्सागुम्बा नै भएको पुष्टि भएको हो ।


    गत साता सो क्षेत्रमा झाडी सरसफाइ गर्दै सुन्तलाको बिरुवा रोप्न खाल्डो खनिरहेका बेला यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेको थियो । त्यसपछि परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटार पठाइएको थियो । गाउँपालिकाले उक्त क्षेत्रलाई हालका लागि प्रवेश निषेध क्षेत्र घोषणा गरेको छ । अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार प्रयोगशालाको प्रतिवेदनपछि बसेको जिल्ला सुरक्षा समितिको बैठकले केही दिन

    images
    images
    images

    सर्वसाधारणको प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।‘रिमिघा लेकमा यार्सा नै भएको प्रमाणित भएको छ,’ प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले भने, ‘तर त्यसको प्रजाति र औषधिजन्य गुणको विस्तृत विवरण आउन बाँकी छ ।’सामान्यतः समुद्री सतहदेखि ३,५०० मिटरदेखि ५,५०० मिटर उचाइसम्म पाइने यार्सागुम्बा पहिलोपटक करिब १,८०० मिटर उचाइमा भेटिएको हो । हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाइने यार्सागुम्बा विश्वकै बहुमूल्य प्राकृतिक जडीबुटी मानिन्छ ।

    औषधिजन्य गुणले भरिपूर्ण यार्सागुम्बा शक्तिवर्द्धक, क्यान्सर, क्षयरोग, रक्तअल्पता, फोक्सो, मिर्गौला, कलेजो र मुटुसम्बन्धी रोगको औषधिमा प्रयोग हुने आयुर्वेद चिकित्सकहरू बताउँछन् ।चीनपछि नेपाल यार्सागुम्बा आपूर्तिमा दोस्रो स्थानमा रहेको छ । पाल्पामा यार्सा भेटिएको पुष्टि भएपछि स्थानीयवासी र सरोकारवालामा उत्साह थपिएको छ ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij