फागुन १८ देवदह ,भ्रमण बर्ष २०२० लाइ लक्षित गरि नेपाली नया बर्षको अवसर पारेर देवदहमा बृहत सडक खान महोत्सब हुने भएको छ ।उद्योग व्यापार संघ देवदह ,मदिरा व्यवसायि संघ देवदह तथा होटेल व्यवसायी संघ देवदहको संयुक्त आयोजनामा चैत्र ३० देखि बैशाख १ गते सम्म सडक खाना महोत्सब हुन लागेको हो ।
उद्योग व्यापार संघ देवदह ,मदिरा व्यवसायि संघ देवदह तथा होटेल व्यवसायी संघ देवदहको आज बसेको संयुक्त बैठकले सडक खाना सम्पन्न गर्न बिभिन्न मूल समिति गठन गरेको छ ।जस अन्तर्गत मूल समिति गणेश कुमार खातीको संयोजकत्वमा नौ सदस्यीय मूल आयोजक समिति ,गोबिन्द ठदराईको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ ।
त्यस्तै खान महोत्सब सफल बनाउन बिभिन्न उपसमिति समेत गठन गरिएको छ ।जस अन्तर्गत राधिका थापा क्षेत्रिको संयोजकत्वमाआर्थिक उपसमिति ,खुम बहादुर ठकुरीको संयोजकत्वमा सुरक्षा उपसमिति,मेघराज ढकालको संयोजकत्वमा स्टल मंच तथा साउंड उपसमिति ,मैना आचार्यको संयोजकत्वमा अथिति सत्कार तथा मंच सजावट उपसमिति ,मधु श्रेष्ठको संयोजकत्वमा पार्किंग तथा युवा परिचालन उपसमिति ,देबु ढकालको संयोजकत्वमा स्टल दर्ता ,टंक पोखरेलको संयोजकत्वमा सरकारी कार्यालय तथा संघ सस्था उपसमिति ,प्रशान्त गैरेको संयोजकत्वमा सास्कृतिक उपसमिति ,जयकिशन अधिकारीको संयोजकत्वमा प्राथमिक उपचार उपसमिति गठन गरिएको दिपक लम्सालले जानकारी दिनु भएको छ ।