बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

निर्माण भयो देवदह नगरपालिका वडा नम्बर आठको आफ्नै भवन

निर्माण भयो देवदह नगरपालिका वडा नम्बर आठको आफ्नै भवन

images
  • 1.5K
    SHARES

  • images
    images
    images
    निर्माण भयो देवदह नगरपालिका वडा नम्बर आठको आफ्नै भवन
    images
    images
    images

    सुरज भट्टराई,देवदह।रुपन्देहीको देवदह नगरपालिका वडा नंबर ८ मा वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। प्रदेश नंबर ५ , प्रतिनिधिसभाका सदस्य छबिलाल बिकले भवनको उद्घाटन गरेका हुन्। करिब ६८ लाख १२ हजार रुपैयाँको लागतमा ५ कट्ठा जमिनमा निर्माण भएको सो भवन श्री कृष्ण कन्ट्रक्सन निर्माण सेवा प्रा.लि. ले निर्माण गरेको हो । वडा कार्यालय निर्माणका लागि स्थानिय जनता मा.बि ले जग्गा प्रदान गरेको हो।

    उद्घाटन समारोहमा बोल्दै प्रदेश नं ५, प्रतिनिधि सभा सदस्य माननीय छबिलाल बिकले स्थानीय क्षेत्रको विकासका लागि जनप्रतिनिधिहरु सक्रिय भएर लाग्नुपर्ने बताए । समग्र वडाको विकासका लागि सरकारले स्थानीय पालिकाहरुलाई सिंहदरबारका अधिकारहरु प्रदान गरेको बताउँदै उनले जनप्रतिनिधिलाई जनताको काममा विशेष ध्यान दिन आग्रह गरेका छन्। विकास निर्माणका कार्यमा स्थानीयको आवश्यकता पर्दछ । आफ्नै घर अगाडिको काममा बेवास्ता गर्नु हुदैन त्यो हाम्रै लागि हो र नीग्रानी पनि स्थानीय बाट हुनु पर्दछ

    साथै सुकुम्बासी समस्या छिटै समाधान हुने बताउनु भएको छ ।कार्यक्रममा विशिष्ट अतिथि प्रदेश नं ५ , प्रदेश सभा सदस्य माननीय डा.कृष्ण न्यौपाने , देवदह नगरपालिका प्रमुख हिरा केसि ,प्रमुख प्रकाशकीय अधिकृत हरिदत्त कडेल लगाएतले बोल्दै देवदह बुद्धको मावलीथलो एवं लुम्बिनीसंग जोडिएको ऐतिहासिक स्थल देवदह भएकाले यस्को बिकास अपरिहार्य भएको बताउनुभएको थियो ।आफ्नै भवन नभएपछि वडा नं ७ मा रहेको वडा कार्यलयबाट सेवा दिइरहेको थियो। जनताका सेवा र सुविधाका लागि वडा कार्यालयको आफ्नै भवन निमार्ण गर्न आफू सफल भएको वडा अध्यक्ष डाण्डापानी भट्टराईले बताए। १२ वडा रहेको यस नगरपालिकामा वडा नम्बर ३ को कार्यालय भवन यस अघि नै निर्माण सम्पन्न गरि संचालनमा छ भने वडा नं ७ पनि आफ्नै भवनबाट सेवा दिरहेको छ ।

    वडा न. ९ को उद्घाटनको तयारीमा रहेको नगरपालिका कार्यालयले जनाएको छ ।वडा कार्यालयको उद्घाटन समारोहमा नगर उप-प्रमुख बिद्या लक्ष्मी गुरुङ, जनप्रतिनिधि ,पत्रकार, शिक्षक अभिभावक, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि, संस्थामा आवद्ध कर्मचारी लगायत स्थानीय नागरिकहरुको उलेख्य सहभागिता रहेको थियो। वडाबाट प्रवाह गरिने सेवा प्राप्त गर्न अब शित्तलनगर जानुपर्ने बाध्यता हटेको भन्दै त्यसवडा बासिहरुले खुसी व्यक्त गरेका छन्।

    images
    images
    • आइतवार, फाल्गुण १८ २०७६०३:२९:५६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij