बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

देवदहमा महिलाहरुको लागि एक महिने हेयर कटिङ्ग तालिम शुरु

देवदहमा महिलाहरुको लागि एक महिने हेयर कटिङ्ग तालिम शुरु

images
  • 1.6K
    SHARES

  • images
    images
    images
    देवदहमा महिलाहरुको लागि एक महिने हेयर कटिङ्ग तालिम शुरु
    images
    images
    images

    सुरज भट्टराई ,देवदह।रुपन्देहीको देवदहमा पिस लुम्बिनी कलेज अफ टेक्निकल एजुकेसनको व्यवस्थापन र देवदह नगरपालिकाको आर्थिक सहयोगमा महिलाहरूको लागि १ महिने पुरुषको कपाल काट्ने तालिम शुरु भएको छ । उक्त तालिम देवदह नगरपालिकाको उपमेयर संग महिला कार्यक्रम अन्तरगत बिहिबार देखि शुरु भएको हो ।

    तालिम देवदह नगरपालिका वडा नं ७ स्थित अपाङ्ग समाज सेवाको सभा हलमा हुने छ भने तालिममा ४५ जना प्रशिक्षार्थी रहेका छन् । तालिममा रबि ठाकुरले प्रशिक्षण दिनुहुनेछ ।

    images
    images
    images

    उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका देवदह नगरपालिका प्रमुख हिरा केसिले आफ्नै गाउँठाउँमा बेरोजगार महिला दिदिबहिनीलाई रोजगारीको राम्रो अवसरको सिर्जना गर्ने बताउनु भयो । आफ्नो सीप र क्षमतालाई सही सदुपयोग गर्दै उत्कृष्ट कपाल काट्ने पेसालाई व्यवसायिकको रुपमा सफल बन्न अनुरोध गर्नु भयो । सीप र क्षमता नै रोजगारीको उपयुक्त अवसर भएको कुरामा केसिले जोड दिनु भयो । सीप लिएर घरमा बस्नलाई तालिममा नआउन आग्रह गर्दै तालिमबाट आए मुलक काममा लाग्न आग्रह गरे ।

    साथै कार्यक्रमको अध्यक्ष तथा देवदह नगरपालिकाको उप-प्रमुख बिद्या लक्ष्मी गुरुङले कपाल काट्ने पेसाले सीप र क्षमताको विकास हुनुको साथै कपाल काट्ने पेसालाई व्यवसायिक रुपमा अगाडी बढाउन प्रोत्साहन मिलोस् र महिला दिदी बहिनीलाई रोजगारको अवसर मिलोस भन्ने उद्धेश्यले उक्त तालिम सञ्चालनमा ल्याइएको बताउनु भयो ।

    कार्यक्रम देवदह नगरपालिका महिला समिती सदस्य देबु भट्टराईको स्वागत र देवदह नगरपालिका महिला समिति सदस्य सरस्वति पोख्रेलको संचालनमा भएको थियो ।

    images
    images
    • बिहिवार, फाल्गुण २२ २०७६०१:०९:३५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij