जन्मदिनको अवसरमा बिधार्थिहरुलाई कपि कलम र मास्क उपहार
जन्मदिनको अवसरमा बिधार्थिहरुलाई कपि कलम र मास्क उपहार
1.8K
SHARES
देवदह २२फागुन, देवदहका प्रतिष्ठित युवा व्यवसायी तथा समाजसेवी , जन कल्याण ट्रेड एण्ड सप्लायर्सका संचालक मेघराज ढकालले आफ्नो ४३औ जन्मदिनको अवसर पारेर ब्यास आधारभुत बिद्यालयका विद्यार्थी हरुलाई कपि,कलम ,र कटन माक्स बितरण गरेका छन ।
देवदह नगरपालिका सातमा अवस्थित ब्यास आधारभूत बिद्यालयमा अध्यनरत ६१ जना विद्यार्थीलाइ कपि,कलम ,र कटन माक्स बितरण गरिएको हो ।केक काटेर अथवा अन्य फजुल खर्च गरेर अनावश्यक खर्च गर्नुभन्दा केहि सामजिक कार्य गरौ भन्ने उदेश्यले विद्यार्थीलाइ सामग्री वितरण गरिएको ढकालले बताउनु भयो ।