बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

भारतमा तीन वर्षीय बालक सहित ४३ जनामा कोरोना संक्रमण

भारतमा तीन वर्षीय बालक सहित ४३ जनामा कोरोना संक्रमण

images
  • 2.2K
    SHARES

  • images
    images
    images
    भारतमा तीन वर्षीय बालक सहित ४३ जनामा कोरोना संक्रमण
    images
    images
    images

    फागुन २६ , काठमाडौं । भारतमा तीन वर्षीय बालकमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । भारतमा कोरोनाबाट संक्रमित मध्ये केरल राज्यका उनी सबै भन्दा कम उमेरका बिरामी हुन् ।

    इटलीबाट दुवई हुँदै सात मार्चमा उनी भारत आएका थिए । कोच्ची एयरपोर्टमा खटिएको कोरोना निगरानी समूहले स्वास्थ्य परिक्षण गर्ने क्रममा बालकमा हल्का ज्वरो देखिएको थियो ।

    images
    images
    images

    स्वास्थ्य विभागका एक वरिष्ठ अधिकारीका अनुसार बालकसहित उनको परिवारलाई तत्काल अस्पताल पठाइएको छ । बच्चाको नमूना परीक्षणका लागि नेशनल इन्स्टिच्युट अफ भाइरोलमा पठाइएको थियो । परीक्षणको क्रममा बालकमा कोरोना भाइरस संक्रमित भएको पुष्टि भएको छ ।

    बच्चाकी आमा इटलीमा नर्सको रुपमा कार्यरत छिन् । उनका बुबालाई परीक्षणका लागि अस्पतालमा छुट्टै राखिएको छ ।भारतमा उनी सहित ४३ जनामा कोरोना देखिएको छ ।

    images
    images
    • सोमवार, फाल्गुण २६ २०७६०२:३३:४५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij