सिद्दार्थ राजमार्ग दैनिक ८ घण्टा बन्द हुने ,कुन कुन समयमा बन्द हुदैछ ?हेर्नुहोस ।
सिद्दार्थ राजमार्ग दैनिक ८ घण्टा बन्द हुने ,कुन कुन समयमा बन्द हुदैछ ?हेर्नुहोस ।
12.2K
SHARES
निर्मल एसपी,फागुन २८,।सिद्दार्थ राजमार्ग अन्तर्गत बुटवल तानसेन सडक खण्ड हरेक दिन ८ घण्टा बन्द हुने भएको छ ।बुटवल तानसेन सडक खण्डको बिभिन्न भागहरुमा रहेको घुम्ती कटान गरि सडक स्तरोन्नति गर्न लागिएको कारण दैनिक ८ घण्टा सडक बन्द गरि काम गर्न लागिएको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ ।
२०७६ चैत १ गतेदेखि १२ गतेसम्म बिहान सात देखि नौ बजेसम्म ,दिउँसो बाह्र देखि तिन बजेसम्म ,र राती आठ देखि ११ बजे सम्म दैनिक आठ घण्टा सडक बन्द हुनेछ ।