बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

टुटल र पठाओलाई तुरुन्त रोक्न सरकारको निर्देशन

टुटल र पठाओलाई तुरुन्त रोक्न सरकारको निर्देशन

images
  • 2.3K
    SHARES

  • images
    images
    images
    टुटल र पठाओलाई तुरुन्त रोक्न सरकारको निर्देशन
    images
    images
    images

    prem-dai.gif

    फागुन २८,काठमाडौँ । अवैधानिक ठहर भएको टुटल र पठाओलाई तुरुन्त रोक्न सरकारले फेरि निर्देशन दिएको छ । मंगलबार राती यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै टुटल र पठाओलाई तुरुन्त रोक्न निर्देशन दिएको हो ।

    यसअघी मंसिर ४ गते सरकारले सूचना निकालेर टुटल र पठाओ सेवा बन्द गर्न निर्देशन गरेको थियो तर निर्देशनको पालना नगरी निजि सवारीमा यात्रु बोक्ने काम भईरहेको थियो । विभागले कानूनको उल्लंघन गरी अरू प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने समेत जानकारी गराएको छ ।

    बुधबार ट्याक्सी व्यवसायी तथा चालकले टुटल र पठाओलाई कानून विपरित सेवा प्रदान गर्न छुट दिइएको भन्दै विभाग समेत घेराउ गरेका थिए । ट्याक्सी सञ्चालकहरुको चर्को दबाव बढेपछी विभागले कानून मिचेर सञ्चालनमा रहेका सवारीमाथि तत्कालै कारबाही गरिने समेत स्पष्ट पारेको छ ।

    बिभागले जारी गरेको सूचनामा यातायात व्यवस्था ऐनको दफा १२ मा ‘कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनमा लगाउन पाइने छैन’ बताईएको छ ।

    images
    images
    • बुधवार, फाल्गुण २८ २०७६०२:२१:५७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij