देवदहका हातबजार बन्द गरिने, भोलि देखि हुने एसईई परिक्षा स्थगित
देवदहका हातबजार बन्द गरिने, भोलि देखि हुने एसईई परिक्षा स्थगित
5.0K
SHARES
निर्मल एसपी ,देवदह ,कोरोना संक्रमणको जोखिम बढे पछि देवदह नगरपालिकाको कार्यपालिका बैठकले साप्ताहिक रुपमा लाग्ने हात बजार अर्को व्यवस्था नभए सम्मको लागि बन्द गर्ने निर्णय गरेको छ ।त्यस्तै नगर क्षेत्र भित्र उत्पादन हुने तरकारी जन्य पदार्थहरु किसानलाई भिडभाड नहुने गरि बिक्रि वितरण गर्न समेत आग्रह गरेको छ ।
त्यस्तै देवदह बासि सर्बसाधारणलाइ अति आवश्यक काम बाहेक घर बाट ननिस्कन आग्रह गरेको छ ।त्यस्तै संघ सस्था तथा राजनीतिक दललाई आमसभा तथा कार्यक्रम नगर्न ,बिबाह ब्रतबन्ध जस्ता कार्यहरुमा ठुलो भतेर नगर्न समेत नगरपालिकाले आग्रह गरेको छ ।त्यस्तै देवदह नगरपालिकाका एस इ इ परिक्षा संचालन हुने केन्द्रहरुमा हेल्थ डेस्क स्थापना गरि परिक्षा सुरु हुनु भन्दा अगाडी बिधार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने देवदह नगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरेको छ ।
एसइइ परिक्षा भने स्थगित हुने भएको छ । उपप्रधानमन्त्री इश्वर पोखरेलले परिक्षा स्थगित गरिएको जानकरी दिए ।