लुम्बिनी पाना। सुनवल नगरपालिकामा यही माघ १० गते देखि दोस्रो सुनवल मेला सुरु भएको छ।
कृषि, पर्यटन, उद्योग र व्यापार राष्ट्र निर्माणकोे बलियो आधार’ भन्ने मुल नाराका साथ पश्चिम नवलपरासीको सुनवलमा सुरु भएको मेलाको तेस्रो दिन आइपुग्दा दर्शकको संख्यामा वृद्धि भएको छ।

मेलाको मुख्य आकर्षकको रुपमा सुनवलमा रहेका धार्मिक स्थलहरुको प्रदर्शनी, सेल्फी जोन, मगर मौलिक घर, स्थानीय कृषि उत्पादन दर्शकको मुख्य रोजाई बनेको छ ।
सुनवल मेलामा मौलिक रुपमा बनाइएको मगर घर दर्शकको रोजाई बनेको छ। घुमाउने घर बनाएर विषेश गरि गाउँघर तिर प्रयोग गरिने
मौलिक संस्कृति झल्किने डोको,नाम्लो ,खुर्पेतो, पेरुङ्गो,ठेकी,डालो, मदानी, गाग्री,चकटी, माना, बटुको, करुवा,ओदान ताउलो ,लालटिन, हलो जुवा, ढिकी, सुपो, मौरीको घार,झातो, मादल,मकैको घोगा, फर्सी परेवाको खोर (गंज) आदि प्रयोग गरि बनाइएको घर दर्शकको रोजाई बनेको हो।

मगर परिकारहरु बटुक सेल, तरुल आदि परिकारहरु बनाएर बिक्रि वितरणका लागि राखिएको छ ।
करिब ३५ हजार बढी खर्च गरि बनाएको मगर घरमा आज मेलाको तेस्रो दिन सम्म आइपुग्दा ३ हजार बढीले अवलोकन गरेको सुनवल मगर संघ, नगर समितिका सचिब विक्की थापाले बताउनुभयो ।सुनवल मगर संघ संघको लगानीमा निर्मित उक्त मगर घर अवलोकन गर्न आउने दर्शकलाई प्रदर्शनीमा राखिएका मौलिक सामाग्रीको महत्व, विशेषता र प्रयोगका बारेमा जानकारी दिने गरिएको सचिब विक्की थापा मगरले बताउनुभयो ।
मौलिक घरमा झोर्ले नमस्ते भान्सा घर राखिएको छ । उक्त भान्सा घर बाट आम्दानी भएको रकम मौलिक परम्पराको जगेर्ना, बहु साँस्कृतिक मगर संग्रहालय र नगर भवन निर्माण सहयोगार्थ स्थापना भएको अक्षकोषमा राखिने छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij