सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नेशनल प्याब्सन रुपन्देहीले खेलकुद कार्यक्रम आयोजना गर्ने

नेशनल प्याब्सन रुपन्देहीले खेलकुद कार्यक्रम आयोजना गर्ने

images
  • 426
    SHARES

  • images
    images
    images
    नेशनल प्याब्सन रुपन्देहीले खेलकुद कार्यक्रम आयोजना गर्ने
    images
    images
    images

    बुटवल  । नेशनल प्याब्सन रुपन्देहीद्धारा यहि माघ २८ र २९ गते नवौँ नेशनल प्याब्सन खेलकुद कार्यक्रम २०७९ आयोजना गर्ने भएको छ ।

    नेशनल प्याब्सन रुपन्देहीद्धारा संगठनको वार्षिक कार्यक्रम अन्तर्गत जिल्ला भित्रका नेशनल प्याब्सनमा आवद्ध विद्यालयका विद्यार्थीहरुको शारीरिक, बौद्धिक  तथा सृजनात्मक क्षमतालाई अभिबृद्धि गर्दै विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा महत्वपूर्ण भूमिका रहने खेलकुदको माध्यमबाट विद्यालय तथा विद्यार्थीहरु बिच आत्मियता, सौहाद्र्धता, मेलमिलापको भावना जागृत गराउने तथा खेलमा रुची राख्ने विद्यार्थीहरु प्रोत्साहित भई उनीहरु मार्फत राष्ट्रको खेल विकासमा समेत थप योगदान पुर्याउने अभिप्रायले हरेक वर्ष खेल सप्ताहको रुपमा मनाउँदै आइरहेको छ । 

    images
    images
    images

    विगत केही वर्षदेखि कोभिड १९ को कारण खेलकुद कार्यक्रम नियमित हुन नसकेको र यस वर्षदेखि पुनः खेलकुद कार्यक्रमलाई निरन्तरता दिन गइरहेको नेशनल प्याब्सन रुपन्देहीका जिल्ला अध्यक्ष पुरुषोत्तम बस्यालले जानकारी गराउनुभयो । संगठनको वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम मध्ये सबैभन्दा ठूलो र महत्वपूर्ण कार्यक्रमको रुपमा खेलकुद कार्यक्रमलाई संगठनले अगाडी सार्दै आइरहेको छ । 

    कार्यक्रमको संयोजक बिनोद थापा मगरको अध्यक्षतामा आज बसेको उपसमितिको बैठकले पत्राचार, खेल मैदान तथा अफिसियल लगायत विभिन्न विषयहरुमा निर्णय गरेको छ । माघ २८ र २९ गते दुई दिनमा खेलकुद कार्यक्रमलार्य भव्य रुपमा सम्पन्न गर्ने गरि तयारी थालेको संयोजक थापा मगरले बताउनुभयो ।  जिल्ला अध्यक्ष पुरुषोत्तम बस्याल, केन्द्रिय सदस्य तथा प्रमुख जिल्ला सल्लाहकार देउप्रकाश राई, जिल्लाका पदाधिकारी लगायतको विशेष उपस्थितीमा बसेको बैठकले विगतका कार्यक्रममा भएको कमिकमजोरी तथा त्रुटीहरुलाई नदोहोरिने गरि कार्यक्रमको तयारीमा लाग्न सुझाव दिएको थियो । 

    नवौँ खेलकुद कार्यक्रममा सव जुनियर, जुनियर, सिनियर गरि तीन समूहमा विद्यार्थीहरुलाई विभाजन गरि एथलेटिक्सका विभिन्न खेलहरु र टेबल टेनिस लगायतका खेल सञ्चालन गर्ने भएको छ । यस खेलकुद कार्यक्रममा सबै समूहतर्फ गरि १२०० भन्दा बढी विद्यार्थीहरु प्रतियोगिको रुपमा सहभागिता रहने अनुमान गरिएको संयोजक बिनोद थापा मगरले जानकारी गराउनुभयो ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij