देवदह । देवदह महोत्सवद्वारा आयोजित सिङ्गिङ्ग र डान्सिङ्ग आइडलको अडिसन माघ २१ गते हुने भएको छ। देवदहको होटल डिभाइन पिसमा माघ २१ गते हुने महोत्सवको सांस्कृतिक उपसमिति अन्तरगत आइडल समितिका संयोजक तेजु अर्यालले जानकारी दिए।
संयोजक अर्यालका अनुसार महोत्सवको सचिवालयबाट अडिसन फारम वितरण भैरहेको छ। सबै उमेर समुहका नेपाली नागरिक सहभागी हुन पाउने उक्त अडिसनमा छनौट हुने उत्कृष्ट १० जनालाई आइडलमा सहभागी बनाउने आयोजकले जनाएको छ।
लाइभ म्युजिकमा हुने अडिसनमा पर्सनल कोचको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।
महोत्सवको सिङ्गिङ्ग आइडलको संयोजक राष्ट्रिय कलाकार तेजु अर्याल रहेका छन् भने र डान्सिङ्ग आइडलको संयोजक नृत्य प्रशिक्षक मोहन गुरुङ रहेका छन्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij